प्रमुख समाचारब्रेकिंग न्युजराजनीतिसमाचार

दुई ठूला पार्टीमा महाधिवेशन चर्चा, दुई पार्टीमै रडाको

0

काठमाडौं । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरुको यसै बर्ष महाधिबेशन मार्फत शक्ति परिक्षण हुने भएको छ । देशका शक्तिशाली पार्टीका नेताहरुले महाधिबेशनबाट आफ्नो शक्ति परीक्षण गर्ने बर्षका रुपमा ०७७ साललाई लिइए पनि आन्तरिक कलह र मतमतान्तर बढ्दा तोकिएकै मितिमा महाधिवेशन होला नहोला भन्ने द्धिविधा भने कायमै छ । गत माघमा बसेको नेकपाको केन्द्रीय कमिटि बैठकले २०७७ सालको चैत २५ देखि ३० गतेसम्म पार्टीको महाधिबेशन गर्ने निर्णय गरेको सत्तारुढ नेकपामा एकाएक महाधिबेशन मंसिरमा सार्ने चर्चा चल्यो ।

पार्टी भित्रको अन्तरद्धन्द समाधानका लागि शनिबारको सचिवालाय बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन मंसिरमै गर्ने प्रस्ताव अघि सारेका थिए । जसमा अध्यक्ष पुष्पकमल दाहाल सहित बहुमत सचिवालय सदस्यहरुले पनि समर्थन जनाएका थिए । भने वरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले भने पार्टी एकताको काम बांकी रहेको अवस्थामा मंसिरमै महाधिवेशन हुन नसक्ने भन्दै विरोध जनाएका थिए । तर नेकपा भित्र द्धन्द्ध र सहमतिका अपरिपक्व प्रस्ताव र छलफलहरु सहमति पूर्व नै बाहिरिदा विवाद समाधान भन्दा बल्झिने गरेको छ ।

महाधिबेशन जहिले भएपनि नेकपाभित्र सैद्धान्तिक र नेतृत्व चयनका बिषयमा भिषण जुहारी चल्ने निश्चित छ । पूर्वएमालेहरु जनताको बहुदलिय जनबादका पक्षमा उभिदा पूर्वमाओवादीहरु जबजका विपक्षमा देखिएकै कारण पनि नेकपाको आगामी एकता महाधिबेशनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । पार्टीका नेताहरुबाट चौतर्फी घेराबन्धीमा परेका अध्यक्ष ओली महाधिबेशनको मिति अघि सारेर त्यसैबाट बिवादको निकास खोज्ने पक्षमा देखिएपनि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरु ढुक्क हुन भने सकेका छैनन ।

अध्यक्ष दाहाल एकता महाधिबेशन पछिको अध्यक्षका आकांक्षीका रुपमा खुलेर देखिएपनि प्रत्यासी को हुने निश्चित छैन । एकताको महाधिबेशनबाट सहमतिमा अध्यक्ष चयन हुन्छ वा पूर्व एमाले, पूर्व माओवादी अथव कुनै नयाँ गुटका रुपमा कित्ताकाट देखिन्छ यसका लागि भने महाधिबेशन नै पर्खनुपर्ने हुन्छ । यता, पूर्व निर्धारित समय अर्थात २०७७ फागुन ७, ८, ९ र १० गते महाधिबेशन गर्नुपर्ने बाध्यतामा रहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसमा भने महाधिबेशनको तयारी तिब्र देखिएको छ ।

हुनत, कांग्रेसमा पनि नेताहरुबीचको अन्तरद्धन्द्ध र मतमतान्तर कायमै छ । संस्थापन अर्थात सभापति शेरबहादुर देउवा पक्षले क्रियासिल सदस्यता वितरण तथा नविकरणमा आफ्ना मान्छे राखेर महाधिबेशन अघि नै षड्यन्त्र सुरु गरेको बरिष्ठ नेता रामचन्द्र पक्षका नेताहरुको आरोप छ । आन्तरिक द्धन्द्धकै बीच कांग्रेस मंसिरभित्र नगर, जिल्ला र प्रदेशको अधिबेशन सकेर फागुनमा महाधिबेशन गर्नेगरि तयारीमा त जुटेका छन । तर पछिल्लो पटक सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षविचको गुटगत भेलाहरुलाई हेर्दा कांग्रेसको पनि तोकिएकै मितिमा महाधिवेशन हुनेमा उत्तिकै आंशका जन्माएको छ ।

नेपाल रेडक्रस अनियमितता र बिवादको अखडा बन्दैं

Previous article

पशुपति क्षेत्र विकास कोषको गुरुयोजनामा वडाध्यक्ष र स्थानीयको बिरोध

Next article

You may also like