काठमाडौं । बझाङको केदारस्युँ गाउँपालिका वडा ८ को एक बस्ती पहिरोले बगाएको छ । अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताए ।
पहिरामा परि ७ जना बेपत्ता भएका छन् । बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक बाढी आएर बाटो बगाएका कारण प्रहरीलाई घटनास्थल गाह्रो भएको छ । बेपत्ताहरुको खोजीकार्य जारी रहेको स्थानीयहरुले बताएका छन् ।