नेकपाको स्थायी कमिटीमा चर्काचर्की, प्रचण्डले मागे प्रधानमन्त्रीको राजिनामा
काठमाडौं । केपी शर्मा ओलीले भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको अभिब्यक्ति दिएपछि नेकपामा खैलाबैला मच्चिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीना समेत मागेपछि अव के हुन्छ भन्ने प्रश्न उब्जिएको छ । गत आइतबार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आफुलाई प्रधानमन्त्रीबाट हटाउन भारतीय राजदुतवास र पार्टीकै नेताहरु लागीपरेको बताएपछि ओलीको उक्त भनाइप्रति पार्टीको जारी स्थायी कमिटि बैठकमा राजीनामा माग गरिएको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटि बैठकमा राजनीनामा भारतले नभइ आफुले मागेको भन्दै दुवै पदबाट राजीनामा दिन माग गरेका थिए । अध्यक्ष प्रचण्डको कुरालाई समर्थन गर्दै पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, बामदेव गौतम सहित अन्य नेताहरुले समेत समर्थन गर्दै के आधारमा त्यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै प्रमाण पेश गर्न माग गरेका थिए । बैठकमा अध्यक्ष प्रचण्ड र ओलीविच केहीबेर भनाभन समेत भएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले भारतीय मिडियाहरुमा बैठकभित्र भएका कुराहरु कसरी हुबहु बाहिर आए भनेर प्रश्न गरेका थिए । नेकपा अध्यक्षद्धय ओली र प्रचण्डबीच चर्काचर्की भएपछि बैठक हलमा समेत हल्ला खल्ला भएको थियो । प्रधानमन्त्रीलाई पछिल्लो अभिव्यक्तिले थप अप्ठेरोमा पारेको छ । त्यस्तै, विवादकै क्रममा अन्य नेताहरुले असुहाउँदो गरी राखिएको ओली र प्रचण्डको कुर्सी हटाउनुपर्ने आवाज उठाएका थिए । नेताहरु अष्ठलक्ष्मी शाक्य, लघुजी पन्तलगायतले राजशी शैलीको कुर्सी हटाउनुपर्ने आवाज उठाएका थिए । त्यसपछि कुर्सी तल सारिएको थियो । त्यसपछि पनि बैठकमा सहभागीहरुले ओलीको अभिव्यक्तिको कडा आलोचना गरेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्रीको राजिनामा
ताजा खबर
- १आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- २जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ३संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध
- ४करका दर हेरफेरको विषयमा संसदीय छानविन गर्न राप्रपाको माग
- ५२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की



तपाईको कमेन्ट लेख्नुहोस्