प्रमुख समाचारब्रेकिंग न्युजसमाचारस्वास्थ्य

असार १५ गतेदेखि पिसिआर परिक्षण १० हजार पुर्याउने स्वास्थ्य मन्त्रीको घोषणा हावादारी

0

काठमाडौं । कोरोना भाइरसको प्रकोपले विश्व नै आक्रान्त बनेको छ । २ सय १३ देशमा फैलिसकेको कोरोना महामारी नेपालमा समेत बढ्दो क्रममा रहेकोे छ । कोरोना जाँचमा भैरहेको सुस्तताले संक्रमणको अवस्था समेत पहिचान नभएको भन्दै चौतर्फी बिरोध भएपछि सरकाले पिसिआर टेस्ट बढाउने घोषणा त ग¥यो तर यो घोषणा केवल घोषणामै सिमित रहन पुगेको छ ।

एक साताअघि पत्रकारसँगको अन्तरक्रियामा मन्त्री ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको पीसीआर परीक्षण गर्ने घोषणा गरेका थिए । तर, बिडम्बना मन्त्रीज्यूले भनेपछि परिक्षण बढ्नुको सट्टा घट्दै गईरहेको छ । पिसिआर परिक्षण सुस्त भएको भन्दै चौतर्फी विरोघ पश्चात सरकारले पिसिआर परिक्षणको दायरा बढाउने घोषणा गरेको भएता पनि त्यस यताको तथ्यांकलाई केलाउने हो भने परीक्षण बढ्नुको सट्टा घटेको देखिन्छ ।

यो हेरौ  तथ्याङ्क ।

मिति                        पिसिआर परिक्षण
असार १० गते           ६ हजार ८ सय २८
असार ११ गते           ६ हजार ५ सय ४३
असार १२ गते            ६ हजार ५सय ३४
असार १३ गते            ४ हजार ६सय ६
असार १४ गते             ४ हजार ९सय ६२
असार १५ गते             ७ हजार

हालसम्म सबैभन्दा बढी असार ६ गते एक दिनमा मात्र सात हजार ४ सय १६ जनाको पीसीआर परीक्षण भएको थियो । त्यसयता पीसीआर परीक्षण ६ हजारमाथि जान सकेको देखिदैन । यता मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतम भने नमुना संकलन नै कम भएको र क्वारेन्टाइनमा मानिसहरु नै कम भएकाले १५ गतेदेखि १० हजार पीसीआर परीक्षण गर्नुपर्ने आवश्यता नरहेको बताउछन् । प्रवक्ता गौतम भने नमुना कम हुँदा सञ्चालनमा आएका प्रयोगशालाले कामैै नपाएको पो बताउनुहुन्छ । सुरुवातमा क्वारेन्टाइनमा विभिन्न देशबाट आएका दुई लाख मानिसहरु रहेता पनि हाल त्यो सङख्या घटेर ६० हजार मात्रै  छन् । बिभिन्न मुलुकबाट अहिले दैनिक १५ सय नेपालीहरु फर्किईरहेका छन् ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या भने दिनप्रतिदिन बढिरहेको छ । तर परिक्षणको दायरा सोचेजस्तो विस्तार हुन सकेको छैन र परिक्षण गनृे तर्फ मन्त्रालयले खासै चाँसो देखाए जस्तो देखिदैन । होइन भने बिभागीय मन्त्रीले असार १५ गतेदेखि १० देखि १५ हजार पिसिआर परिक्षण गरीने बताईरहँदा सोही मन्त्रालयका प्रवक्ता भने त्यती संख्या परीक्ष्ँण जरुरी छैन भनिरहेका छन् । कतै कोरोना प्रयोगशालामा रहेका परिक्षण गर्ने मेशिनहरु बिग्रिएर भने जति संख्या पुर्याउन सरकारलाई हम्मे–हम्मे त परेको होईन ।

प्रत्येक बर्ष घट्दैछन् किसान, चामल आयत झनै बढ्दै

Previous article

अव कर्मचारीका पार्टीगत ट्रेड युनियन खारेज, ४० बर्षसम्म मात्रै कर्मचारीले लोकसेवा भिड्न पाउने

Next article

You may also like