नेकपा स्थायी कमिटी बैठक १६ गतेसम्मका लागि सर्यो
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक १६ गतेसम्म स्थगित भएको छ । शनिबारको बैठक पनि भारतसँगको सीमा विवादको विषयमा नेताहरुले आफनो धारणा राखेका थिए । आजको बैठकमा नेकपाका २१ जना स्थायी कमिटी सदस्यहरुले आफनो भनाई राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएपनि केहीबेरपछि बाहिरिएका थिए। बैठक बुधबारबाट सुरु भएको थियो ।
आगामी बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको कामकारबाहीको विषयमा छलफल हुनेछ । भोलि मदन स्मृति दिवस र सोमबार १५ असार अर्थात दही चिउरा खाने दिन परेकाले दुई दिन बैठक नराखेर १६ गतेका लागि सारिएको बताइएको छ । आजको बैठकमा स्थायी समिति सदस्यहरु देवेन्द्र पौडेल, रघुजी पन्त, सु्रेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, धनश्याम भुसाल, बामदेव गौतम, इश्वर पोखरेलसहित २१ जनाले धारणा राखेका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #नेकपाको स्थायी कमिटि
ताजा खबर
- १डा. गाेविन्द केसी र सरकारबिच सहमति, अनसन ताेडियाे
- २नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश
- ३कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
- ४सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
- ५एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छः शिक्षामन्त्री



तपाईको कमेन्ट लेख्नुहोस्