नेकपा स्थायी कमिटी बैठक १६ गतेसम्मका लागि सर्यो
 
			काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक १६ गतेसम्म स्थगित भएको छ । शनिबारको बैठक पनि भारतसँगको सीमा विवादको विषयमा नेताहरुले आफनो धारणा राखेका थिए । आजको बैठकमा नेकपाका २१ जना स्थायी कमिटी सदस्यहरुले आफनो भनाई राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएपनि केहीबेरपछि बाहिरिएका थिए। बैठक बुधबारबाट सुरु भएको थियो ।
 आगामी बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको कामकारबाहीको विषयमा छलफल हुनेछ । भोलि मदन स्मृति दिवस र सोमबार १५ असार अर्थात दही चिउरा खाने दिन परेकाले दुई दिन बैठक नराखेर १६ गतेका लागि सारिएको बताइएको छ । आजको बैठकमा स्थायी समिति सदस्यहरु देवेन्द्र पौडेल, रघुजी पन्त, सु्रेन्द्र पाण्डे, सुवास नेम्वाङ, जनार्दन शर्मा, गिरीराजमणि पोखरेल, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, युवराज ज्ञवाली, लेखराज भट्ट, प्रदीप ज्ञवाली, मणि थापा, धनश्याम भुसाल, बामदेव गौतम, इश्वर पोखरेलसहित २१ जनाले धारणा राखेका थिए ।

क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #नेकपाको स्थायी कमिटि
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई

तपाईको कमेन्ट लेख्नुहोस्