नेपालमा नयाँ रेकर्डः एकै दिन ४५१ संक्रमित थपिए, पुग्यो संक्रमित संख्या ६,२११
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४ सय १६ जना पुरुष रहेका छन् । सोमबारको नियमित प्रेस सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ३५ महिलासहित ४ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो रेकर्ड अहिलेसम्मकै धेरै हो । यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६ हजार २ सय ११ पुगेको छ ।
२४ घण्टामा थप ६७ जना उपचारपछि संक्रमणमुक्त भएका छन् । जसमा ७ महिला र ७० पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोना जित्नेको जम्मा संख्या १ हजार ४१ पुगेको छ । यो एक दिनमा कोरोनाबाट कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोनाभाइरस संक्रमित
ताजा खबर
- १संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध
- २करका दर हेरफेरको विषयमा संसदीय छानविन गर्न राप्रपाको माग
- ३२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की
- ४संसद अवरोध हटाउन प्रतिपक्ष दललाई मनाउने रवि लामिछानेको प्रयास
- ५मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र भएको सिके राउतको आरोप



तपाईको कमेन्ट लेख्नुहोस्