रुपन्देहीमा सामुहिक ५ जनाको बिभत्स हत्या, एक जना पक्राउ

काठमाडौं । रूपन्देहीमा पाँच जनाको सामुहिक बिभत्स हत्या भएको छ । जिल्लाको तिलोत्तमा–१० कान्छीबजारमा पाँच जनाको हत्या भएको हो ।
मृतकहरुमा ४० वर्षीय माधव मुसहर, ३७ वर्षीय जानकी मुसहर, १८ वर्षीय पकलाल मुसहर, करण चौधरी र १७ वर्षीय आसिफ चौधरी छन् । उनीहरु गंगादेवी पशु फार्ममा काम गर्ने मजदुरहरु हुन् । हत्याको आरोपमा सुर्खेतका धसेन्द्र सिंजाली पक्राउ परेका छन् ।
गोठमा काम गर्ने पाँच जनाको हत्या गरी तन्नाले ढाकेर राखिएको अवस्थामा शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमै चार जनाको मृत्यु भएको थियो भने एक जनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । हत्याको कारण भने खुल्न सकेको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #हत्या
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्