३२ जना प्रहरीमा कोरोना संक्रमण, भय र त्रासका बीच खटिन बाध्य

काठमाडौ । शनिबार साँझसम्म कोरोनाको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खटिने ३२ जान प्रहरी अधिकृत तथा जवानमा संक्रमण पहिचान भएको छ । प्रहरी प्रवक्ता निरजबहादुर शाहीले सबैभन्दा बढी प्रदेश २ मा २२ जना संक्रमित पहिचान भएको जानकारी दिए । संक्रमित मध्ये १४ जनाले कोरोना जितिसकेका छन् । बाँकीको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
शनिबार मात्रै दुई जना प्रहरीमा कोरोना पुष्टि भएको थियो । प्रदेश २ का प्रहरी निरीक्षकसहित २२ जनामा संक्रमण देखिएकोमा ७ जना निको भएर ब्यारेकमै सेल्फ क्वारेन्टाइनमा छन् । २ नम्बर प्रदेश सभामा खटिएका प्रहरीका ५ मर्यादापालकमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । आफ्नै सहकर्मीमा संक्रमण देखिदा कतिपय सुरक्षाकर्मीमा भय र त्रास बढेपनि जोखिमकाबीच सावधानी अपनाएर आफ्नो जिम्मेवारीमा खटिदै आएका छन् । यसअघि संक्रमण पुष्टि भएका नेपाली सेना, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका करिव १ दर्जन अधिकृत तथा जवानमा निको भएर होम क्वारेन्टाइनमा बसिरहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोनाको संक्रमण
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्