Techie IT
  • २० असार २०८२, शुक्रबार
KhojPatrika

कोरोना संक्रमितको संख्या ३ सय नाघ्यो


काठमाडौं ५ जेठ । नेपालमा थप ९ जना कोरोना संक्रमित थपिएका छन् । रौतहटका ८ र बाराका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । रौतहटको इशनाथ नगरपालिका वडा नम्बर २,३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहटकै माधव नारायण नगरपालिका ३ की २८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । बाराको करैयामाई– ५ निवासी ३८ वर्षीय पुरुषमा पनि कोरोना पोजेटिभ देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ४ पुगेको छ। हालसम्म नेपालमा उपचारपछि निको भएर ३६ जना घर फर्किएका छन् भने कोरोनाकै कारण २ जनाले ज्यान गुमाएका छन् ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #कोरोना संक्रमित

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं