देशभर दीप प्रज्जलन, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सम्मान

काठमाडौं २५ बैशाख । कोरोना भाइरसको महामारीले ज्यान गुमाएकाको चीरशान्ति र विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको सम्मानमा नेपालभर दीप प्रज्जलन गरिएको छ । सरकारले नै जनतालाई दीप प्रज्जलनका लागि आह्वान गरेको थियो । साँझ ७ बजे निर्धारित समयमा राजधानी लगायत देशभर मानिसले घर घरमा दीप प्रज्जलन गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा पनि प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नीले विभिन्न भिक्षुहरुको उपस्थितिमा दीप प्रज्जवलन गरेका थिए । बुद्ध जयन्तीको अवसर पारेर सरकारले दिप प्रज्वलनको आह्वान गरेको थियो । बुद्ध जयन्तीका दिन सार्वजनिक बिदा दिँइदै आएकामा नेपालमा जारी लकडाउनका कारण कुनै कार्यक्रम हुन सकेनन् । कोरोना भाइरस संक्रमणका कारण विश्वभर सयौँ स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले ज्यान गुमाएका छन । विश्वभर हालसम्म कोरोना भाइरसका कारण करिब २ लाख ६६ हजारको ज्यान गइसकेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #दीप प्रज्जलन
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्