बैशाख २६ गते वजेट अधिवेशन बोलाउने सरकारको निर्णय

काठमाडौं २१ बैशाख । सरकारले संसदको बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ। बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । बर्खे अधिवेशनमा सरकारले वार्षिक नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्नेछ र त्यसमाथि संसदमा छलफल हुनेछ। जेठ १५ मा बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधान भएकोले सरकाले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखेर सामाजिक दुरी कायम गर्ने गरी संसदको बैठक कक्षको व्यवस्थापन गरिएको छ। केही दिनअघि प्रधामनन्त्री केपी शर्मा ओलीले बैठक कक्ष अवालोकण गरेका थिए ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #वजेट अधिवेशन
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्