लोकतन्त्रको १४ बर्ष, सच्चिएनन् राजनीतिक दल
बैशाख ११ अर्थात् लोकतन्त्र दिवस । लामो संघर्ष र बलिदानबाट प्राप्त लोकतन्त्र आएको १४ बर्ष पूरा भएको छ । १९ दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ । तर, यसबर्ष कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले गरेको लकडाउन ३१ औं दिन भएका कारण पनि औपचारिक कार्यक्रम भने गरिने छैन् । २०६३ सालमा वैशाख ११ गते संसद् पुनर्स्थापनासहित जनताले अधिकार प्राप्त गरेका थिए । लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । यही घोषणा बमोजिम पहिलो पटक विसं २०६४ चैत २८ गते पहिलो संविधानसभाको चुनाव भयो ।
संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा २ सय ४० वर्षे राजतन्त्रको अन्त्य गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा पनि भयो । पहिलो संविधानसभाले संविधान बनाउन नसकेपनि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते संविधान बनाइ कार्यान्वयनको क्रममा छ । तर, जनताको बलिदानबाट प्राप्त लोकतन्त्र आभास जनताले गर्न नपाएको गुनासो पनि बढेको छ । राजनीतिक परिवर्तनका लागि जनता सडकमा उतारेका नेताहरु भने अझै पनि स्वार्थबाट बाहिर निस्कन नसकेको गुनासो बढेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #लोकतन्त्रको १४ बर्ष
ताजा खबर
- १प्रधानमन्त्री र गृहमन्त्रीले पनि ट्राफिक नियम उलंघन गरेका छन्, कारबाही हुनुपर्छः ज्ञानबहादुर शाही
- २इरानसँगको सम्झौता समाप्त भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
- ३मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल
- ४खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग
- ५सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित



तपाईको कमेन्ट लेख्नुहोस्