सभामुख नेम्बाङ की सापकोटा, नेकपामा छनौट गर्न सकस
काठमाडौं २४ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपालाई सभामुखको उम्मेदवार छान्न सकस परेको लामै समय भयो । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सभामुख कसलाई बनाउने भन्नेमा सहमति जुटेको छैन । जसले नेकपा त बन्धक बनेको छ नै नेकपाकै कारण संसद समेत बन्धक बनेको छ । बलात्कार मुद्दामा तत्कालिन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नयाँ सभामुख खोजी भएको ३ महिना बित्न लाग्न लाग्यो । तर नेकपाको नेतृत्व नै अनिर्णित हुँदा सभामुख निर्वाचन प्रक्रिया सरेको सर्यै भएको छ । पुष ४ गते सुरु भएको संसदको हिउँदे अधिवेशनले ११ गतेदेखि सभामुख चयन प्रक्रिया सुरु गर्ने कार्यतालिका बनाएको थियो । तर नेकपाले सभामुखको उम्मेदवार तय गर्न नसक्दा ११ गते प्रक्रिया सुरु हुन सकेन र १६ गतेसम्मका लागि संसद बैठक स्थगित भयो । १५ गतेसम्म पनि पुनः उम्मेदवार चयन हुन नसक्दा आगामी २७ गतेसम्मका लागि बैठक स्थगित गरियो । २७ गते नजिकिदै गर्दा पनि अझै नेकपाले सभामुख कसलाई बनाउने भन्ने टुङ्गो लगाउन सकेको छैन । सभामुखको टुङ्गो लगाउने जिम्मा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाललाई दिइएको छ । तर, ओली दाहालले पनि सहमति जुटाउन सकेका छैनन् । सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ । ओली र दाहाल अहिलेकी उपसभामुख शिवमाया तुम्बहाम्फेलाई राजिनामा गर्न लगाएर उपसभामुख अरु कुनै दललाई दिने र सभामुख नेकपामा राख्न चाहन्छन् । तर, शिवमायाले आफै सभामुख हुने अडान राख्दै आएकी छिन् । उपसभामुखबाट राजिनामा नआउदा अझै समस्या उत्पन्न भएको छ । सभामुख चयनमा भइरहेको ढिलाइले जनप्रतिनिधिमूलक थलोको मूल्यमान्यतालाई कमजोर मात्र बनाउँदैन । प्रकारान्तरले सरकारलाई संसदमार्फत जनताप्रति उत्तरदायी बन्नबाट पनि रोक्छ । प्रतिनिधिसभा जनआवाज प्रतिविम्बित हुने थलो हो, सांसदहरूले जनताका सवाल संसदमार्फत सरकारसम्म पु¥याउने हो । सभामुख चयन प्रकृयाकै कारण सार्वजनिक महत्वका विषयमा पनि सरकारको ध्यानाकर्षण गराउन पाएका छैनन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ट्याग : #सभामुख नेम्बाङ की सापकोटा
ताजा खबर
- १संवैधानिक इजलासको आदेशः प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश जारी भएन
- २राष्ट्रपति पौडेलेको कतार भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ३वरिष्ठ अधिवक्ता भण्डारीको जिकिरः भदौ २३ को घटना छानबिन गर्न अन्तरिम आदेश जारी हुनुपर्छ
- ४राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय
- ५आन्दोलनरत नर्सहरूका माग तत्काल सम्बोधन गर्न सरकारसँग प्रचण्डको माग



तपाईको कमेन्ट लेख्नुहोस्