क्रिकेटको कप्तानमा ज्ञानेन्द्र मल्ल
काठमाडौं १३ कार्तिक । राजनीति बद्नाम भयो, नेताहरु स्वार्थी र लोभी भैदिनाले । खेल बद्नाम भयो, उस्तै स्वार्थले । र पनि हाम्रो अस्तित्वलाई बिश्वभर फैल्याउने काम बेला मौकामा भैरहेको छ । अहिलेपनि हामीसँग विभिन्न बिधाका गिनिज वल्ड रेकर्डरहरु छन् । क्रिकेट खेल एउटा त्यस्तो खेल बन्यो, जसले पहिलो पटक विश्वकप क्रिकेटमा नेपालको झण्डा फहरायो । जतिबेला खेलको कप्तानी गरेका थिए पारस खड्काले । फुटबल खेलका लागि हामीले रंगशाला बनायौँ । विभिन्न स्थानमा बन्द प्रशिक्षण गराइए, खेलाडी उत्पादन गर्ने धेरै क्लबहरु खुले । तर, बेलामौकाको सार्क बिजेता बाहेकका उपलब्धी देखिएनन् । खेल दुनियामा निराशा बढ्दै गर्दा, राजनीति क्षेत्रमा निरासा बढ्दैगर्दा नागरिक स्तरमा एकता बलियो बनाउने, राष्ट्रिय एकता बलियो बनाउने काम क्रिकेटले गर्यो । पूर्वाधार अभाव तथा थोरै लगानीमा पनि उपलब्धीमुलक देखिएको क्रिकेट खेलमा करिब १० बर्षसम्म नायकको भुमिका निभाएर पारस खड्का अब कप्तानबाट बिदा भएका छन् । क्रिकेट खेललाई उचाई दिन भुमिका खेलेकोमा पारसलाई हाम्रो पनि सलाम । अनि नयाँ नायकत्व निर्बाह गर्न आएका ज्ञानेन्द्र मल्ललाई हार्दिक स्वागत तथा खेललाई उचाई दिनका लागि शुभकामना । ज्ञानेन्द्रले सन् २००५ मा नेसनल टिममा प्रवेश पाए। मलेसियासँगको खेलका लागि उनी पहिलो पटक राष्ट्रिय टिममा परेका थिए। तर, उनी प्लेइङ ११ मा परेनन्। उनले डेब्यु खेल २००६ मा नामिबियासँग खेले। त्यतिबेलासम्म उनी क्रिकेट छोड्नै नसक्ने भइसकेका थिए। उनले एसीसी ट्रफीका लागि खेलेको डेब्यु खेलमा ७९ रन जोडे। दोस्रो खेलमा ५८ रन बनाए भने क्वाटरफाइनलमा ५० रन जोडे। लगातार तीन खेलमा ५० रन कटाएपछि उनी महत्वपूर्ण खेलाडीका रुपमा स्थापित भए। क्रिकेटलाई विश्वकप छनोटसम्मको यात्रामा पुर्याएर निवर्तमान कप्तान पारसले दिएको योगदानलाई उच्च मुल्यांकन गर्दै ज्ञानेन्द्रले बिश्वकपको यात्रा तय गराउन् । खेल हेर्नु र खेल्नु फरक हो । हेर्नेहरुको आँकलन भन्दा खेल फरक हुनसक्छ । तर खेल रणनीति राम्रो बन्यो, सबै खेलाडीले आ–आफ्नो भुमिका र दायीत्वबोध गरे भने बिश्वकप यात्रा सहज पनि होला । उपकप्तानको जिम्मेवारी पाएका दिपेन्द्र सिंह ऐरी र नेपाली क्रिकेट टिमका नयाँ कप्तान ज्ञानेन्द्र मल्ललाई फेरी पनि बधाई । अबको क्रिकेट यात्रा बिश्वकपको उपाधी चुम्नेतर्फ अघि बढोस्, सम्पुर्ण देशबासी, खेलप्रेमीको यहि छ कामना । हाम्रो पनि फेरि शुभकामना ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #क्रिकेटको कप्तानमा ज्ञानेन्द्र मल्ल
ताजा खबर
- १नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग उद्घाटन, सुरुमा अत्यावश्यक सवारीलाई प्रवेश
- २कर्फ्यु उल्लंघन भएपछि सुनसरीको कप्तानगञ्जमा सेना परिचालन
- ३सुनसरी घटना छानबिनका लागि ५ सदस्यीय समिति गठन
- ४एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छः शिक्षामन्त्री
- ५शंकर पोखरेलले भने– युवालाई सम्बोधन गर्न हामी असफल भयौँ



तपाईको कमेन्ट लेख्नुहोस्