सभामुख महराद्धारा राजीनामा, कर्मचारीलाई बलात्कार गरेको आरोप

काठमाडौं १४ असोज । सभामुख कृष्णबहादुर महराले राजीनामा दिनुभएको छ । सभामुख महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा पत्र बुझाएका छन् । आफूमाथि लागेका आरोपको निष्पक्ष छानवीन गर्न सहयोग पु¥याउने उद्देश्यका साथ सभामुख महराले संवैधानिक व्यवस्था अनुसार नै पदबाट राजीनामा दिनु भएको संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । संसद सचिवालयमा कार्यरत एक महिलाले बलात्कार गरेको आरोप लगाएकी थिइन् । सभामुख कृष्णबहादुर महराले राजीनामा पत्रमा ‘छानविन नसकिँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरेका छन् ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #krishna mahara
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्