देश/दुनियाँप्रमुख समाचारब्रेकिंग न्युजराजनीति

संघ–प्रदेशको आरोप प्रत्यारोप, किन हुन्छ प्रदेशमाथी हस्तक्षेप

0

संघ र प्रदेश सरकारबीच यतिबेला आरोप–प्रत्यारोप चलिरहेको छ । प्रदेश भनिरहेको छ संघले हाम्रो अधिकार हस्तक्षेप गरिरहेको छ । संघ र प्रदेशकै आरोप–प्रत्यारोपमा जनता मारमा परेका छन् । मुख्यमन्त्रीहरु नै संघप्रति रुष्ट भइरहँदा प्रदेश सांसदहरुले पनि मुख खोल्न थालेका छन् । संघले जनताको साना समस्या समाधान गर्न नसक्ने तर, ठूला सपना देखाउने गरेको प्रदेश सांसदहरुले आरोप लगाएका छन् । सन् २०३० सम्म दिगो विकासका लक्ष्य प्राप्त गरि मुलुकलाई सम्मृद्ध नेपाल र सुखी नेपाली बनाउने सरकारको घोषणा कार्यान्वयनका लागि भन्दै राजधानी केन्द्रीत छलफल भईरहदा प्रदेशसभाका सदस्यहरुले भने गाँस बास र कपासको आभारभूत आश्वश्यकता पुरा गर्न नै कठिन भएको गुनासो गरेका छन् । नियमित आकस्मिकताको रुपमा देखिएको बाढी पहिरो र डुबानको समस्या, मुहान सुक्दै जाँदा एक गाग्री पीउने पानी जोहो गर्न नै मुस्किल भईरहेको भन्दै उनीहरुले ठूला महत्वकांक्षी योजना र नारा भन्दा पनि क्षेत्रगत वस्तुस्थिति हेरेर समस्या सम्बोधन गरिनुपर्ने धारणा राखेका छन् । प्रदेश नम्बर३ का सांसद रमेश पौडेलले दिगो विकास लक्ष्य प्राप्तीका लागि प्राथमिकता विषयमा स्थानीय तहसम्म घनीभूत छलफल हुनुपर्ने बताउनुभयो । प्रदेश ३ मा विशेष गरेर अव्यवस्थित शहरीकरणको समस्या चुनौतिको रुपमा बढ्दै गएको भन्दै तत्काल व्यवस्थिति शहरीकरणका लागि संघले आवश्यक संयोजन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । कर्णाली प्रदेशका सांसदले भने पिउने पानीको समस्या सम्बोधनलाई संघले नै पहिलो प्राथमिकतामा राखेर पहल गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेश ५ का सांसदले राजनीतिक दलका मागको आधारमा योजना छनौट र बजेट विनियोजन गर्न नहुने सुझाब दिए । नीति निर्माताको भुमिकामा रहेका सांसदहरुले विश्व विकासको एजेण्डा २०३० र त्यसको परिपूरक दिगो विकासका लक्ष्यहरूलाई कार्यान्वयन स्पष्ट दृष्टिकोण र अडान लिन सक्ने हो भने दिगो विकासका लक्ष्य प्राप्तीमा सहज हुने छ । विश्व विकासको एजेण्डा २०३० एजेण्डा एउटा उत्प्रेरक दस्तावेज हो । यसले स्पष्ट रुपमा“कसैलाई पछाडि नछोड्ने” र सबै विकास “जनता–केन्द्रित”हुने प्रतिबद्धता जनाउँदछ । समावेशिताप्रतिको यो प्रतिबद्धताले लक्ष्यहरूका साथ साथै तिनलाई हासिल गर्ने माध्यम समेतलाई जोड दिएको छ ।

नेकपामा नयाँ पद थपियो, उपाध्यक्ष बने वामदेव गौतम

Previous article

प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्दे

Next article

You may also like