देश/दुनियाँप्रमुख समाचारब्रेकिंग न्युजराजनीतिसमाचार

कहिले नियमित सुचारु होला संसद बैठक

0

काठमाडौं १९ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाद्धारा अवरुद्ध गर्दै आइरहेको संसद बैठक थप अन्यौलपुर्ण बन्दै गइरहेको छ । बुधबार सभामुख कृष्णबहादुर महराले सर्वदलीय बैठकबाट गरेको प्रयास पनि असफल भयो । मुलुकमा एकातिर यस्तो संसद चल्न नसक्ने यस्तो अवस्था हुंदा मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री तथा सत्ताको नेतृत्व गरीरहेको पार्टीका अध्यक्ष भने विदेश भ्रमण व्यस्त छन । आम जनताको अधिकारको बारे बहस गर्ने र मुलुक र जनताको लागि नितिनियम बनाउने सर्वोच्च थलो संसद बैठक बस्न नसक्नु दुखद पक्ष छदै छ । तर यस्तो बेला मुलुकको नेतृत्व गरीरहेका मुलुकको कार्यकारी सरकार प्रमुख र प्रमुख पार्टीका अध्यक्ष दुवै देश बाहिर रहनु अर्को दुखद पक्ष हो । मुलुकमा देखिएको यस्ता जटिल समस्याको समाधानको लागि पहलकदमी लिनुपर्ने जिम्मेवार व्यत्तिहरु नै नभएपछि अरु त कस्ले टेर्लान र ? बुधबार सर्वदलीय बैठकमा जम्मा भएका दोस्रो ,तेस्रो तहाका नेताहरुले छलफल त गरे उही छलफल गर्नको लागि छलफल गर्ने निर्णय भयो भन्दै बैठकबाट बाहिरिए । गत असार २४ गतेबाट पटक–पटक संसद बैठक अवरुद्ध हुंदा सम्म सरकार प्रमुखको हैसियतमा प्रधानमन्त्री केपी ओलीले खासै चासो दिएको पाइदैन । देशको समस्यालाई वेवास्ता गर्दै जिम्मेवार व्यक्तिहरु व्यक्तिगत काममा विदेश भ्रमणमा जाँदा थप समस्या देखिएको छ । संसदबाट गर्नुपर्ने कामहरु धेरै छन । बुधबारको सर्वदलीय बैठकमा समेत उही शिर्ष नेताहरु नभएकै कारण सहमती हुन नसकेको कुरामा कसैको दुइमत छैन । संसद बैठक अवरुद्ध भएको एक महिना वित्न लाग्दा समेत नत सत्ता पक्षका प्रमुख नेताले चासो देखाएका छन नत प्रतिपक्षी दलका शिर्ष नेताहरुल नै । मुलुकमा देखिएको कुनैपनि समस्याको समाधान गर्न सवै नेताहरुको उत्तिकै दायित्व र जिम्मेवारी हुने गर्दछ । तर, देशकै मुख्य जिम्मेवार नेताहरुको यस्ता गतिविधिबाट आम जनताले के आशा गर्ने ?सामान्यतया सांसदले सोधेका प्रश्नको विभागीय मन्त्रीले १५ दिनभित्र जवाफ दिनुपर्ने संसदीय अभ्यास छ । १७ महिनाको अवधिमा संसदमा जम्मा एक पटक मात्र सांसद र मन्त्रीबीच प्रश्नोत्तर भएको छ । मन्त्रीसँग सोध्नका लागि सांसदले दर्ता गराएका १ सय ७८ भन्दा बढी प्रश्नसमेत असान्दर्भिक हुनुले संसदको गरिमासमेत घटाएको छ । तसर्थ जनप्रतिनिधिको थलोमा जनताका प्रश्नको जवाफ आउने वातावरण बन्नै पर्छ ।

कर्मचारीले पाउने भए बढेको तलव, कसको कति तलव

Previous article

स्थानीय तहको उपनिर्वाचन मंसिर १४ गते

Next article

You may also like