टी–२० विश्वकप छनोटमा कतारसँग नेपाल पराजित
काठमाडौं ७ साउन । टी–२० विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनौट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार सिंगापुरमा भएको खेलमा नेपाललाई कतारले चार विकेटले पराजित गरेको हो । १२३ रनको लक्ष्य कतारले चार बल बाँकी हुँदा भेट्टायो । उसका लागि इनाम–उल–हले ३२ बलमा ४१, कामरन खानले १५ बलमा २२, नूमन सर्वारले १५ बलमा १५ तथा जाहीर इब्राहिमले ९ बलमा १२ रन बनाए । नेपालका सन्दीप लामिछानेले तीन विकेट लिएका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपालले सबै विकेट गुमाएर १२२ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३५ बलमा ३४ रन बनाए । यस्तै कप्तान पारस खड्काले १७ बलमा २८, उपकप्तान ज्ञानेन्द्र मल्लले २४ बलमा २३ तथा सोमपाल कामीले १२ बलमा ११ रन बनाए । अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका कप्तान खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । त्यसपछिका विकेट अधिकांश चाँडो गए । कतारका इक्बाल हुसनले तीन तथा तमूर साजद र नूमन सर्वारले दुई–दुई विकेट लिएका थिए । पाँच देशको सहभागिता रहेको छनौट प्रतिस्पर्धा सोमबारदेखि सिंगापुरमा सुरु भएको हो । आयोजक सिंगापुरले सोमबार भएको खेलमा कतारलाई परातिज गरेर राम्रो सुरुवात गरेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #khel
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्