प्रमुख समाचारब्रेकिंग न्युजसमाचार

बाढी प्रभावित क्षेत्रमा नेता र मन्त्रीको हेलिकप्टर सयर, पीडा र गुनासो समेत नसुनेको भन्दै स्थानीय आक्रोसित

0

काठमाडौं ५ साउन । बाढीबाट पीडित जनताको गुनासो सुन्न र स्थलगत अनुगमन गर्न भनेर गएका संघीय सरकारका मन्त्रीको लर्को गुनासो नसुनी फर्किएपछि यतिबेला चर्को बिरोध भएको छ । प्रदेश दुईका बिभिन्न जिल्लाका बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न पुगेका पूर्वप्रधानमन्त्रीसहित मन्त्रीहरूको टोली पीडित जनता नभेटेर फर्किएपछि पिडितले चर्को बिरोध गरेका हुन् । गत बुधबार हेलिकोप्टरबाट प्रदेश दुईका रौतहट, सिराहा, सप्तरी, धनुषा लगायतका ज्जिलाका बाढी पिडित भेट्न गएका मन्त्रीहरूसहित सांसदको जम्बो टोली हेलिकप्टरबाट नै अनुगमन गर्दै सुरक्षा निकायसँग क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्दै नबुझी फर्किएको आरोप स्थानीयले लगाएका छन् । पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, ऊर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुन, पूर्वमन्त्री रौतहट क्षेत्र ३ का सांसद एव नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साह, विकास समितिका सभापति एवं रौतहटकी सांसद कल्याणी खड्का लगायतको टोलीले बाढी प्रभावित क्षेत्र रौतहटको हेलिकोप्टरबाटै अनुगमन गरेका थिए । अनुगमनपछि टोलीले नेपाली सेनाको पुरेनवास्थित इन्द्र बक्स गणमा ओर्लिएर सुरक्षा निकायका प्रमुखसहित सरोकारवाला निकायका प्रमुखलाई बोलाएर जिल्लाको वस्तुस्थितिबारे अन्तरक्रिया गरेको भन्दै स्थानीय रुष्ट भएका छन् । टोलीले हेलिकप्टरबाट रौतहट, सप्तरी र धनुषाको जनकनन्दनी गाँउपालिका लगायत आवत–जावत समेत हुन नसक्ने ठाँउमा राहत बाडेका थिए । तर, यो कार्य बाट सबै स्थानीय भने खुसी छैनन । अनुगमनमा आएका मन्त्रीहरूको जम्बो टोली खाली हात आएर आश्वान दिएर फर्केको स्थानीयको आरोप छ । यतिबेला बाढीपीडित राहत कुरेर बसेका छन् । नेता तथा मन्त्री आउदा पक्कै आफ्ना लागी केही राहात ल्याएर आउने आशामा थिए । तर, नेता तथा मन्त्री रित्तो हात गएपछि उनीहरु रुष्ट बनेका हुन् ।

त्रिभुवन बिमानस्थलको धावनमार्गमा यतीको जहाज चिप्लियो, उडान अवरुद्ध

Previous article

राजधानीमा नक्कली परिचय–पत्रको बिगबिगी, भाडा छुट बनाउन बनाइन्छ नक्कली कार्ड

Next article

You may also like