प्रमुख समाचारब्रेकिंग न्युजविदेश

भारतमा लोकसभा चुनावमा नरेन्द्र मोदीको ऐतिहासिक जित, खराब नियत राखेर कुनै काम नगर्ने दाबी

0

काठमाडौं १० जेठ । भारतको लोकसभा चुनावमा नरेन्द्र मोदी गठबन्धनले ऐतिहासिक सफलता पाएको छ । यो चुनावको परिणामसँगै भारतमा फेरि ५ वर्ष मोदी शासन पक्का भएको छ । जारी मतगणनाले भाजपा एक्लै बहुमत र एनडीए गठबन्धन ३ सय ४८ सिटमा जित देखाएको छ । चुनावमा पश्चिम बंगालमा भाजपाले ऐतिहासिक सफलता पाएको छ भने उत्तर प्रदेशमा महागबन्धनलाई क्षति पुगेको छ । नितिशकुमारको साथ पाएपछि भाजपाले विहारमा पनि आफ्नो बलियो उपस्थिति कायमै राखेको छ । मोदीको गृह प्रदेश गुजरातमा भारतले क्लिन स्वीप गर्‍यो । भाजपाले मध्यप्रदेशमा २९ मध्ये २८ र राजस्थानमा २५ मध्ये २४ सिटमा जिन्मुख छ । तमिलनाडूमा भने यो पटक मोदीको जादू चलेन । त्यहाँ उसले एक सिट पनि नजित्ने देखिएको छ । केरालामा पनि भाजपाले एक सिट पनि जित्न सकेन । लोकसभा चुनावमा पाएको ऐतिहासिक सफलतासँगै भाजपा कार्यकर्ताले देशभर खुसी मनाएका छन् । दिल्लीस्थित मुख्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री मोदी र भाजपा अध्यक्ष अमित शाहले सम्बोधन गरे । मोदीले यो आफ्नो नभई लोकतन्त्रको जित भएको बताए । साथै दोस्रो पटक जितेपछि अम्रता नगुमाउने बताए । त्यस्तै, कांग्रेसले २०१४ को तुलानामा केही सिट बढी जितेको छ । तर, मोदीको विजय रथ रोक्न अध्यक्ष राहुल गान्धी पूर्ण रुपमा असफल भएका छन् । उनले हार स्वीकार गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिए । पत्रकार सम्मेलन गर्दै राहुलले चुनावी हारको जिम्मेवारी आफूले लिने जानकारी दिए । तर, विचारधाराको लडाई जारी रहेको भन्दै विचलित नहुन पार्टीका नेता र कार्यकर्तालाई आग्रह गरे । राहुल आफैं अमेठीमा भारतीय जनता पार्टीका उम्मेदवार स्मृती ईरानीसँग पराजित भएका छन् । यद्यपि अर्को क्षेत्रबाट चुनाव जितेका उनी लोकसभामा हुनेछन् । उनले अमेठीका जनताको निर्णयलाई सम्मान गर्ने बताए । कांग्रेस ५१ सिटमा जित उन्मुख छ । २०१४ को चुनावमा उसले ४ सिट जितेको थियो । यो पटक साना ठूला गरी १७ राज्यमा कांग्रेस शुन्य रहृयो ।लोकसभा चुनाव २०१९मा भारतीय जनता पार्टीले प्रचण्ड जित निकाल्दै यसअघिको भन्दा पनि ठूलो बहुमत प्राप्त गरेको छ । नरेन्द्र मोदी लगातार दोस्रो पटक भारतको प्रधानमन्त्री बन्नेछन् । निर्वाचन आयोगले ५०२ सिटमा जित हासिल गर्ने उमेद्वार घोषणा गरिसकेको छ । जसमा भाजपाका २८८ उमेद्वार विजयी भएका छन् । १५ सिटमा भाजपाका उमेद्वारको अग्रता कायम छ । कांग्रेसले ५० सिट जितेको छ । २ सिटमा कांग्रेस उमेद्वार अगाडि छन् । शिवसेनाले १७, एनसीपीले पाँच, टीआएसले ९ तथा जनता दल यूनाइटेटले १६ सिट जितेका छन् । भाजपाले राजस्थान, गुजरात, हरियाणा र दिल्लीमा क्लीन स्वीप गरेको छ भने उत्तर प्रदेश, महाराष्ट्र र बिहारमा बहुचर्चित विपक्षी गठबन्धलाई परास्त गरेको छ ।
पश्चिम बंगाल र ओडिशामा पार्टीले सर्वश्रेष्ठ प्रदर्शन गरेको छ । चुनावी विजयपछि नरेन्द्र मोदीले दिल्ली स्थित भाजपा मुख्यालयमा कार्यकर्तालाई सम्बोधन गरेका थिए । उनले यो जित लोकतन्त्रको इतिहासको सबैभन्दा ठूलो घटना रहेको उल्लेख गर्दै बदनियतले कुनै काम नगर्ने सबैलाई आश्वासन दिएका छन् ।

जित्ने देखेपछि बिजेपीले बोलायो पार्टी बैठक

Previous article

अपरान्हपछि हावाहुरीसहित वर्षाको सम्भावना

Next article

You may also like