संघीय संसद सचिवालयले बाड्यो कर्मचारीलाई साढे ३ करोडभन्दा बढी भत्ता

काठमाडौं २९ चैत । संघीय संसद सचिवालयले कर्मचारीलाई नियम बिपरित साढे तीन करोडभन्दा बढी भत्ता बाँडेको छ । अर्थमन्त्रालयको सहमतिबिना ३ करोड ६९ लाख १७ हजार रुपैयाँ भत्ता सचिवालयले बाँडेको सार्वजनिक भएको हो । सचिवालयलाई अर्थमन्त्रालयले २०७४ माघ ७ गतेसम्मको प्रोत्साहन भत्ता बाँड्न भनेपनि अर्थमन्त्रालयको निर्देशनभन्दा बाहिर गएर २०७५ असार मसान्तसम्मको प्रोत्साहन भत्ता बाँडेको महालेखा परीक्षकको प्रतिवेदनले सार्वजनिक गरेको छ । महालेखाले कानुन बिपरित बाडिएको भत्ता असुल उपर गर्न पनि सुझाव दिएको छ । यस्तै निजामती कर्मचारी अस्पताल विकास समितिले पनि विशेषज्ञ चिकित्सक र कर्मचारीलाई दोहोरो भत्ता दिएको पनि पाइएको छ । विभिन्न दरले प्रोत्साहन वापत यो बर्ष १४ करोड ६८ लाख ५८ हजार भुक्तानी गरेको छ । यो रकम भुक्तानी गर्दा औषधी खरिदतर्फको कर्मचारीलाई ८ करोड ५१ लख ४९ हजार आम्दानीमा दोहोरो लेखांकन गरेर १० प्रतिशत बढी भत्ता गणना गरेर १ करोड ४६ लाख ८६ हजार बढी प्रोत्साहन भत्ता भुक्तानी गरेको महालेखा परीक्षकको कार्यालयले बताएका छन् । महालेखापरीक्षकले यस्तो रकम भुक्तानी गर्न पनि सुझाव दिएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #samsad
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्