आज पनि हावाहुरी र मेघगर्जन सहित पानी पर्ने
काठमाडौँ २२ चैत । देशका विभिन्न भूभागहरुमा हावाहुरी सहित पानी पर्ने अनुमान गरिएको छ । शुक्रबारको मौसम आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । पूर्वी तथा मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै तराईका सीमानामा र पश्चिमी पहाडका थोरै स्थानमा हुरीबतास चल्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । उच्च हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १विशेष महाधिवेशनको पक्षमा बहुमत,अल्पमतमा कांग्रेस संस्थापन पक्ष
- २माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने
- ३काठमाडौंको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम
- ४मन्त्रीबाट राजीनामा दिदैं सरकारबाट बाहिरिए कुलमान घिसिङ,चुनाव लड्ने तयारी
- ५मानव अधिकार आयोगमा रवि लामिछानेको डेढ घण्टा बयान



तपाईको कमेन्ट लेख्नुहोस्