बिमानस्थलबाट ६ किलो सुन सहित चार जना महिला पक्राउ

काठमाडौं २२ चैत । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट फेरि अबैध सुन बरामत भएको छ । बिहिबार राती ६ किलो सुनसहित ४ जना भारतीय महिला पक्राउ परेका हुन् । बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनिता बिमानस्थलबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट भेटिएको धातुमध्ये ४ सय ९७ ग्राम सुन भएको पुष्टि भइसकेको र बाँकी सुनजस्तै पहेलो धातुको परीक्षण भइरहेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । बैककबाट काठमाडौं आएको ५ किलो ४ सय ग्राम सुन सहित भारतीय महिला पक्राउ परेपछि तस्करहरुले नयाँ तरिका अपनाएको खुलेको हो । पक्राउ परेकाहरु थाइ एयरलाइन्सको विमानबाट बैंकक हुँदै काठमाडौं आएका थिए । चेक जाँचका क्रममा उनीहरुलाई बिमास्थलबाट नियन्त्रणमा लिइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #hot
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्