Techie IT
  • १ असार २०७८, मंगलबार
KhojPatrika

डाक्टर श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गयो


काठमाडौं १५ चैत । डाक्टर श्रीमानको कुटपिटबाट उपचाररत सुनिता यादवको मृत्यु भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत यादवको निधन भएको हो । शरीरभरि निल डाम नै निल डाम अनि छिन छिनमै बरबराउने, उठने कराउने अवस्थामा रहेकी यादवको त्रिवि शिक्षण अस्पतालको इर्मजेन्सी कक्षमा उपचारका क्रममा निधन भएको हो । चैत ६ गते बेलुका विरगन्ज महानगरपालिकास्थित हरपतगन्ज वडा नम्बर २० स्थित गाउँमा होलीको रौनक छाएको थियो । सुनिताका श्रीमान नारायणी अस्पतलामा चिकित्सक पेशामा आवद्ध थिए । १५ वर्ष पहिले हरपतगन्ज निवासी यादवसँग बाराको परवानीपुर गाउँपालिका–५ बहुवरी निवासी सुनीताको मागी विवाह भएको थियो । विवाह भएको दुईवर्ष सम्म सम्बन्ध राम्रै थियो । तर सुनिता बाट सन्तान नभएको भन्दै उनका श्रीमान डा.सचितानन्द यादवले भारतको रक्सौल जगुवलियाकी एक युवतीसँग विवाह गरेका थिए त्यस यता नै उनले सुनीतालाई मानसिक र शारीरिक यातना दिँदै आएपनि बारम्बार छलफल र सल्लाह गदै माईतीपक्षहरुले मिलाउदै आएका थिए । तर, होलीको अघिल्लो राति साढे दश बजे सुनिताका श्रीमान यादवले सुनिताका दाईलाई फोन गदै तिम्री बहिनीको स्वाथ्य अवस्था ठिक नभएको र आएर लैजान भन्दै फोन गरेका थिए । रात परेका त्यो दिन जान नसकेका उनका आफन्त भोलीपल्ट बिहानै सुनिता लाई लिन पुगेका थिए । तर, सुुनिता बोल्न सक्ने अवस्थामा थिइनन बारम्बार परिवारले के भयो भनेर प्रश्न गर्दा उनले कुनै जवाफ फर्काउन नसकेको उनका दाजुले बताए । जब उनलाई नुहाइदिनका लागि भाउजूले कपडा खोलिन् अनि जिउभरि डाम नै डाम देखियो । अकस्मात दिदिको शरीरभरी घाउ नै घाउ देखेपछि उनका भाई सन्तोषले तत्कालै घरेलु उपचार गरि वीरगन्जस्थित गण्डक अस्पतालमा लगेका थिए । कुटपिटबाटै घाउँचोट लागेको र दिदिको यस्तो अवस्था आएको उनले बताए । दोस्रो विवाह लगतै बारम्बार सुनितालाई उनका पतिले यातना दिदै आएको माईती पक्षले बताएका छन । तर,यस पटक पराकाष्ट नै नाघेपछि यो घटना बाहिर आएको हो । घटना लगतै प्रहरीले यादवलाई हिरासतमा लिएको छ । प्रारम्भीक बयान लिने क्रममा यादवले श्रीमती आफै लडेर घाईते भएको बताउदै आएका छन् । श्रीमानले नै आफू बिरामी भएको भन्दै अस्पतालको इमरजेन्सीमा बसेका छन् । शुक्रबार साँझ यादवको निधन भएपछि माइतीपक्षले कडा भन्दा कडा कारवाही गर्न प्रहरीसमक्ष अनुरोध गरेका छन् ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्