प्रमुख समाचारब्रेकिंग न्युजराजनीति

भारतीय विदेश सचिवले भेटे प्रधानमन्त्री ओलीलाई

0

काठमाडौं १४ चैत । नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेश सचिव विजय गोख्लेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिष्टाचार भेट गरेका छन् । उनको सरकारी निवास बालुवाटारमा पुगेर शिष्टाचार भेट गरेका हुन् । प्रधानमन्त्री ओली र सचिव गोख्लेबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय व्यापारबारे विचारविमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले बताए। यसैबीच, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बिहीबार नै सचिव गोख्लेले शिष्टाचार भेट गरे । भेटमा पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारतको सहयोगमा नेपालमा जारी कृषि, सम्पर्क विस्तार, रेल तथा जलमार्ग र अन्य भौतिक पूर्वाधार परियोजनाको कार्यान्वयनको स्थितिको समीक्षा भएको परराष्ट्र सचिव शंकरदास वैरागीले बताए। सचिव गोख्ले शुक्रबार नयाँदिल्ली प्रस्थान गर्ने छन्।

पूर्वमन्त्री साह ‘टक्ला’सहित सात जनालाई जन्मकैद

Previous article

अमेरिकाबाट फर्किए प्रचण्ड, नेपालीको देश र नेताप्रति नकारात्मक सोच रहेछ

Next article

You may also like