जबरजस्ती रंग दलेको आरोपमा १ सय ९६ जना पक्राउ

काठमाडौं ६ चैत । उपत्यकामा जबरजस्ती लोला तथा रंग हानेको आरोपमा १ सय ९६ पक्राउ परेका छन् । बसपार्क, दरबारमार्ग, ठमेल, वसन्तपुर, भृकुटीमण्डप, महाराजगञ्ज, नयाँ बानेश्वर लगायतका बिभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसर, टेकुका अनुसार ५ जना महिला पनि पक्राउ परेका छन् । प्रहरीले होली पर्वको केहीदिन अघिदेखि नै विशेष सुरक्षा योजना लागू गर्दै जथाभावी रंग दल्ने र लोला हान्नेलाई ठाउँको ठाउँ पक्राउ गर्ने बताउँदै आएको थियो । मदिरा खाएर हो–हल्ला गर्ने, झगडा गर्ने र ड्रिंक एण्ड ड्राइभ गर्ने पनि रहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hot
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्