नेपाली कांग्रेसमा अनुशासन समिति गठन

काठमाडौं ४ चैत । नेपाली कांग्रेसले अनुशासन समिति गठन गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको बैठकले भीष्मराज आङ्दम्वेको नेतृत्वमा केन्द्रीय अनुशासन समिति गठन गरेको हो । अन्य सदस्यमा किशोर सिंह राठौर र देवेन्द्रराज कँडेल सदस्य छन् । बाँकी सदस्यहरु पछि थप गरिने नेताहरुले बताएका छन् । गठन भएको अनुशासन समितिले सहमतिबाट मात्र निर्णय गर्नेछ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा नेताहरुले नाम वा अनुशासन समितिको निर्णय प्रक्रियामा सहमति खोज्नुपर्नेमा जोड दिएका थिए । सोमबार पनि केन्द्रीय कार्यसमिति बैठक अघि नेताहरुबीच भएको छलफलमा नाममा सहमति जुट्न सकेको थिएन । तर, अनुशासन आयोगले सहमतिमा मात्र निर्णय गर्ने सहमतिपछि आयोग गठनमा सहमति जुटेको छ । आयोगमा रहेका तीनै जना देउवा पक्षको रोजाइमा आएका हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षबाट कुनै सदस्य बसेका छैनन् । केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवा निकट नेताहरुले भने सहमतिबाट मात्र निर्णय गर्ने टीओआरको विरोध गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्