कोरियन भाषा परीक्षामा १२ हजार ९ जना पास

काठमाडौं १३ असार । नेपाल इपीएस सेन्टरले गत जेठ २६ र २७ गते लिइएको कोरियन भाषा परीक्षाको नतिजा सार्वजनकि गरेको छ। रोजगार अनुमति प्रणाली ईपीएस कोरिया जानेको लागि लिइएको कोरियन भाषा परीक्षामा १२ हजार ९ जना पास भएका हुन् । आगामी वर्षका लागि कोरियाले १० हजार ५० जना नेपाली कामदारको कोटा दिएको छ । तर, भाषा परीक्षामा ९२ हजार ३ सय ५६ जना सहभागि भएका थिए । रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गतको परीक्षामा ७४ हजार ८ सय ६० जनाले परीक्षा सहभागी भएका थिए। जसमा ८२ हजार २ सय ३५ जनाले आवेदन दिएका थिए। कोरियन भाषा परिक्षाका लागि काठमाण्डौ र ललितपुरमा २४ केन्द्र र पोखरामा चार गरी २८ केन्द्रमा परीक्षार्थीहरुले परीक्षा दिएका थिए।
क्याटेगोरी : प्रमुख समाचार, लाेकसेवा/जागिर
ट्याग : #koriyan rijalta
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्