कक्षा कोठामा गगन थापा, के पढ्दैछन् उनी

काठमाडौं १५ चैत । यतिबेला नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापा अमेरिकामा पुगेका छन् । नेता थापा कुनै कार्यक्रम वा सेमिनारमा सहभागि हुन गएका होइनन् उनी पढ्न अमेरिका पुगेका हुन् । स्वाथ्यमन्त्री समेत भइसकेका युवा नेता थापालाई पढ्ने रहर सकिएको छैन् । अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सांर्वजनिक प्राशसन’ शीषकको कोर्स पढिरहेका छन् । नेपालस्थित अमेरिकी दूतावासले थापाको पढाईको विषयमा औपचारिक जानकारी दिएको गराएको छ । दूतावासले आफ्नो फेसबुक पेजमा गगन थापाले कक्षामा बसेर पढिरहेको फोटो पोष्ट गर्दे नेपालीमै लेखेको छ, ‘हेर्नुस् त कक्षामा को छ ? उहाँ भन्नुहुन्छ मलाई युवा रहिरहनु छ र सिकाई एक यस्तो विषय हो जसले युवा रहन सहयोग गर्छ । सिकाई तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महसुस गरिरहेको छु । एकदम रमाइलो लागेको छ । वी वीस हिम एन ए प्लस टाइम । हामी उहाँलाई रमाइलो सिकाईको कामना गर्छौंं ।’यहि बिषय यतिबेला सामाजिक सञ्जालमा पनि शेयर भइरहेको छ । कलेज लाइफदेखि पूर्णकालिन राजनीतिमा लागेर पनि उनले आफ्नो अध्ययनलाई निरन्तरता दिन सफल भएका एक नेता मानिन्छन् । सिद्धार्थ बनस्थली स्कुल बालाजुबाट उच्च अंकसहित एसएलसी पास गरेका गगनले त्रिचन्द्र कलेजमा आईएस्सी र बीएस्सी पास गरे । त्यसपछि थापाले फ्याकल्टी परिवर्तन गरेर त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र–समाजशास्त्रमा स्नातकोत्तर गरे । पीएचडी गर्ने उनको धोको भने राजनीतिले गर्दा पूरा हुन नसकेको बताउदै आएका छन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, प्रविधि
ट्याग : #hot
ताजा खबर
- १प्रधानमन्त्रीको भारत भ्रमणमा दौरासुरुवाल हिट, खैरो कोटमा धपक्कै प्रचण्ड र मन्त्री
- २उज्जैनको महाकालेश्वर बाबा मन्दिरमा प्रचण्डको पूजाअर्चना, चढाए १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ
- ३सम्झौताका सर्त र कानुन मिच्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्री बस्नेतको चेतावनी !
- ४पूर्वराजा ज्ञानेन्द्र शाह र झलनाथ खनालको के हो बिवाद ? देशमा घुम्न नदिने खनालको चेतावनी
- ५भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर
तपाईको कमेन्ट लेख्नुहोस्