ह्वाइट हाउसद्वारा इरानमाथि ‘नर्क निम्त्याउने’ चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्ध जारी अमेरिका–इजरायल युद्धका विषयमा इरानले सम्झौता गर्न अस्वीकार गरेमा ‘नर्क निम्त्याउने’ ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले बताएकी छन् । प्रेस सचिव लेभिटले भनिन, ‘राष्ट्रपति ट्रम्पले खाली धम्की मात्र दिनुभएको होइन र उहाँ कठोर कदम चाल्न तयार हुनुहुन्छ ।
अब उप्रान्त हुने कुनैपनि हिंसाको जिम्मेवार इरानी शासन हुनेछ, किनकि उनीहरूले आफू पराजित भइसकेको कुरा बुझ्न र सम्झौतामा आउन अस्वीकार गरिरहेका छन् ।’
इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा वासिङ्टनले कोसँग वार्ता गरिरहेको छ भन्नेकुरा खुलाउन लेभिटले अस्वीकार गरिन । उनले थपिन, ‘हामी यी वार्ता र संवादका विवरणहरूमा जाँदैनौँ, किनकि यी अत्यन्त संवेदनशील कूटनीतिक छलफलहरू हुन् ।’
लेभिटले फेब्रुअरी २८ मा शुरु भएको यो युद्ध चार देखि ६ हप्तासम्म जारी रहने अनुमान गरिएको दाबी गरिन । यता इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले इरान र अमेरिकाबीच कुनै वार्ता वा छलफल नभइरहेको बताए । बाघेईले भने, ‘अमेरिकी कूटनीतिलाई कसैले पनि विश्वास गर्न सक्दैन ।’
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्