Techie IT
  • १९ माघ २०८२, आईतबार
KhojPatrika

पशुपति माविमा मुसिकोट नगरपालिका स्तरीय चौथो ‘मेयर कप’


रुकुमपश्चिम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका स्तरीय चौथो ‘मेयर कप’ आइतबारबाट सुरु भएको छ । मुसिकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा पशुपति मावि रातामाटामा सुरु भएको हो ।

प्रतियोगितामा विभिन्न २४ वटा विधामा प्रतिस्पर्धा हुने चौथो मेयर कप प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन उप समितिका संयोजक भक्तबहादुर खड्काले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा नगरपालिकाका कुल ६५ मध्ये ४९ वटा विद्यालयको सहभागिता रहेका छन् ।

प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन उप समितिका संयोजक भक्तबहादुर खड्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कुवेर केसी, वडा नम्बर १ का अध्यक्ष ज्ञानुचन्द्र चन्द, वडा नम्बर २ का अध्यक्ष दिनेश खड्का, वडा नम्बर ३ का अध्यक्ष दशरथ केसी, पशुपति माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर खड्का, विभिन्न विद्यालयका प्रअ, शिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन उप(समितिका सदस्य विमलकुमार शर्माले गरेका थिए ।


क्याटेगोरी : देश/दुनियाँ, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं