भीमफेदीको जुरीखेतमा टाटा सुमो दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं । हेटौँडा काठमाडौँ वैकल्पिक राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदीको जुरीखेतमा भएको टाटा सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटनाग्रस्त भएको ना१ज १७७८ नम्बरको टाटा सुमोमा सवार ६ जनाको मृत्यु भएको हो ।
सडकबाट करिब एक सय मिटर तल खोल्सामा खसेको टाटा सुमोबाट उद्धार गरेर हेटौँडा ल्याइएको थियो । दुर्घटनामा ६ पुरुष, १ महिला, १ बालिका र १ बालक यात्रारत थिए ।
तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेकामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरूको नाम खुलेको छैन ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १सार्वजनिक गाडीमा भाडा बढ्यो, उपत्यकामा न्यूनतम २४ रुपैयाँ
- २रास्वपा लक्षित शंकर पोखरेलको टिप्पणीः सुशासनको डंका पिट्नेहरू नै सम्पती लुकाउँदैछन्
- ३उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित,यस्तो छ सेवा सुविधा
- ४कलाकार बले हाजिरी जमानीमा रिहा
- ५रवि लामिछानेको आश्वासनले उपसभामुखमा उम्मेदवारी दिएको ज्ञानेन्द्रको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्