Techie IT
  • १८ पुस २०८२, शुक्रबार
KhojPatrika

भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित


झापाको भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको बुद्ध एयरको विमानमा सवार सबै सकुशल रहेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले काठमाडौँ–भद्रपुर उडानको ९ एन एएमएफ कलसाइन भएको एटिआर ७२ जहाज दुर्घटनामा परेको जानकारी दिए ।

यात्रु र चालक दलका सबै सदस्य सकुशल रहेको बताइएको छ । जहाजमा ५१ जना यात्रु रहेका थिए । ९ एन–एमएफ कलसाइन भएको एटीआर ७२ को विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको थियो ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल

तपाईको कमेन्ट लेख्नुहोस्