इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु आइतबार अमेरिका प्रस्थान गर्ने र त्यसको एक दिनपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फ्लोरिडामा भेटवार्ता गर्ने इजरायली अधिकारीले एएफपीलाई बताएका छन् । ट्रम्पलाई भेट्ने गरी प्रधानमन्त्री नेतन्याहूको यो पाँचौ पटक अमेरिका भ्रमण हो ।
यस पहिले ट्रम्प प्रशासन र क्षेत्रीय मध्यस्थकर्ताहरूले गाजा पट्टीमा इजरायल र हमासबीच युद्धविरामको दोस्रो चरणमा अगाडि बढ्न दबाब दिइरहेका बेला उनको भ्रमण भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले डिसेम्बरको मध्यतिर पत्रकारहरुसँग कुरा गर्दै नेतन्याहु क्रिसमसको बिदामा फ्लोरिडा जाने सम्भावना रहेको बताएका थिए ।
“उहाँ मलाई भेट्न चाहनुहुन्छ । हामीले यसलाई औपचारिक रूपमा सेट गरेका छैनौँ, तर उहाँ मलाई भेट्न चाहनुहुन्छ,” ट्रम्पले आफ्नो मार–ए–लागो रिसोर्टमा जानुअघि भने ।
इजरायलको येदिओथ अहरोनोथ पत्रिकाले बुधबार रिपोर्ट गरेअनुसार इरान, इजरायल–सिरिया सुरक्षा सम्झौतामा वार्ता, लेबनानमा हेजबुल्लाहसँग युद्धविराम र गाजा सम्झौताको अर्को चरणसहित क्षेत्रीय मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ ।
वाशिङ्गटन र उसका क्षेत्रीय सहयोगीहरूको मध्यस्थतामा अक्टोबरमा भएको गाजा युद्धविराम सम्झौताको दोस्रो चरणमा जाने प्रगति अहिलेसम्म सुस्त छ। युद्धविराम पनि निकै कमजोर देखिएको छ । दुबै पक्षले सम्झौता उल्लङ्घनको आरोप लगाएका छन् र मध्यस्थकर्ताहरूले इजरायल र हमास समान रूपमा रोकिएका भनेर डराइरहेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १जेनजी विद्रोहीलाई अपराधी करार गर्न खोज्दै छिन् प्रधानमन्त्रीः विप्लव
- २इजरायली प्रधानमन्त्री नेतन्याहूले सोमबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
- ३प्रधानमन्त्री कार्कीसँग भेटेपछि चुनावमा जान सबै दल तयार भएकै हुन ?
- ४कुलमानले भने रास्वपाले रणनीतिक उपयोग गर्न खोजेको छ
- ५फागुन २१ को चुनावमा भोट हाल्न पाउने १,८९,०३,६८९ मतदाता



तपाईको कमेन्ट लेख्नुहोस्