शर्मिला तिमल्सिनाको रहर जिन्दगीको गजल संग्रह बजारमा
काठमाडौं । शर्मिला तिमल्सिनाद्वारा रचित रहर जिन्दगीको नामक गजल सङ्ग्रह बजारमा आएको छ । रहर जिन्दगीको गजल सङ्ग्रहका गजलकार शर्मिला तिमल्सिनाले मातापिता , गुरुहरू, अग्रज र अनुजको प्रेरणाले रहर जिन्दगीको गजल सङ्ग्रह बजारमा ल्याएको जानकारी दिइन ।
विभिन्न पाठशालाहरूमा अभ्यास गरिएका विषयवस्तुमा समेटिएका ८५ वटा गजलहरू समावेश भएको उनले बताइन । तिमल्सिनाले आफ्नो गजल लेखाई बामे सर्ने क्रममा लेखिएका गजलहरु भएको दाबी गरिन ।
पहिलो लेख गोरखापत्रमा वि.सं.२०६० फागुन १८ गते सोमबार धादिङकी पिण्डेश्वरीदेवी शीर्षकमा लेख प्रकाशित भएपछि आफूलाई साहित्यमा ऊर्जा मिलेको तिमल्सिनाको भनाई छ ।
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले साहित्यले समाज परिवर्तनमा सघाउ पुर्याउने र साहित्यकारहरू नै समाजको मार्ग निर्देशक भएको बताएका थिए । विगतको साहित्यिक क्षेत्रभन्दा अहिले परिवर्तन महसुस गरेपनि अहिले साहित्यिक क्षेत्रमा एआइले आफ्नो प्रभुत्व जमाउन थालेको उनको भनाई छ ।
अभिनव साहित्य समाजका सचिव परशुराम परासरले बहरमा लेखिएकोले गजल वाचन मात्र होइन गजल गेयत्मक बिधा भएकोले सहज रूपमा गाउन सकिने र यस गजल सङ्ग्रहमा शृङ्गारिक मात्र नभई राजनीतिक झुट, संसदीय खेल, नारीवादी चेत, सामाजिक र समसामयिक विषयमा समेटिएका गजल नै समेटिएको कुरा रहर जिन्दगीको गजल सङ्ग्रहलाई टिप्पणी गरेका थिए ।



क्याटेगोरी : जीवनशैली, समाचार, सामाजिक सञ्जाल, साहित्य
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्