ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्दै पाकिस्तान
काठमाडौं । पाकिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल पुरस्कारका लागि सिफारिस गर्ने तयारी गरेको छ ।
गत महिना भएको भारत र पाकिस्तानको युद्ध रोक्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पाकिस्तानले यो तयारी गरेको पाकिस्तान सरकारलाई उद्धृत गर्दै बिबिसीले खबर लेखेको छ ।
पाकिस्तान सरकारले सामाजिक सञ्जालमा लेख्दै पाकिस्तान र भारतको युद्ध नजिकिएकै समयमा ट्रम्पले कूटनीतिक क्षमता देखाएको उल्लेख गरेको छ ।
गएको मे महिनामा हात हतियारले पूर्ण भएका दुई छिमेकी भारत र पाकिस्तान द्वन्द्व चलिरहेको समयमा चौथो दिन अकस्मात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोकिने कुरा बताएका थिए ।
शनिबार सामाजिक सञ्जालमा पाकिस्तानी सरकारले तीव्र रूपमा भीषण युद्धको बाटोमा गई रहेको भारत र पाकिस्तानको तनावलाई रोकेर ट्रम्पले आफूलाई संसारकै अब्बल नेताको रूपमा पुष्टि गरेको जनाएको छ ।
सो समयमा भएको युद्ध विरामको जस भारतले भने अमेरिकालाई दिएको छैन। भारतले युद्ध विराम हुनुमा तेस्रो पार्टीको कुनै भूमिका नभएको बताउँदै आएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्