ट्रम्पले भने– इरानमाथिको आक्रमण सफल
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा गरिएका आक्रमण सफल भएको बताएका छन् । साथै उनले इरानले शान्तिको मार्ग रोज्नुपर्ने पनि बताएका छन् ।
इरानका तीन परमाणु केन्द्रमा बंकर बस्टर बम खसालेपछि देशबासीलाई सम्बोधन गर्दै ट्रम्पले भनेका छन्, ‘म संसारलाई जानकारी दिन चाहन्छु कि यी आक्रमणहरु सैन्य हिसाबले अत्यन्तै सफल भएका छन् ।’ ट्रम्पले ह्वाइट हाउसमा उपराष्ट्रपति जे डी भान्स, विदेशमन्त्री मार्को रुबियो र रक्षामन्त्री पीट हेगसेथलाई सँगै राखेर देशबासीलाई सम्बोधन गरेका थिए । उनले इरानलाई मध्यपूर्वको ‘गुण्डा’को संज्ञा समेत दिए ।
इरानका आणविक संवर्धन केन्द्रहरु पूर्णरुपमा ध्वस्त पारिएको दाबी गर्दै ट्रम्पले भनेका छन्, ‘मध्यपूर्वको गुण्डा इरानले अब शान्ति गर्नुपर्छ । यदि गरेन भने आगामी आक्रमणहरू अझ धेरै ठूला हुनेछन् ।’ अमेरिकाले शनिबार राति इरानका फोर्दो, नतान्ज र एस्फाहन परमाणु केन्द्रहरुमा आक्रमण गरेको थियो ।
आक्रमणमा जीबीयू–५७ भनिने बंकर बस्टर बम प्रयोग गरिएको थियो । ती बम बी–२ स्टेल्थ नामको लडाकु विमानले खसालेको थियो । देशबासीको नाममा सम्बोधन गर्दै ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई बधाई समेत दिएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन
- २१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह
- ३अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा
- ४एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- ५मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्