इजरायल–इरान तनावले जी–सेभेन बैठक प्रभावित
काठमाडौं । इजरायल–इरानको युद्धको असर जी–सेभेन बैठकमा पनि परेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प क्यानडाको कानानास्किसमा आयोजित बैठक छाडेर अमेरिका फर्किएका छन् ।
ह्वाइटहाउसले मिडिल इस्टमा तनाव जारी रहेकाले ट्रम्प फर्किएको जनाएको छ । तर, ह्वाइटहाउसले इजरायल र इरानको नाम भने लिएको छैन ।
यसैबीच ट्रम्पले सोशल मिडिया एक्समा लेखेका छन्, ‘इरानले परमाणु सम्झौतामा हस्ताक्षर गर्नुपर्छ । इरान न्युक्लियर हतियार राख्न सक्दैन । मैले यो पटक–पटक भनेको छु ।’
जी–सेभेन बैठकको पहिलो दिन सबै सात सदस्य राष्ट्रले इजरायल–इरान युद्धविराममा साझा धारणा बनाउने प्रस्ताव लैजाने कोसिस भएको थियो । तर ट्रम्पले जी–सेभेनको संयुक्त वक्तव्यमा हस्ताक्षर गर्न नमानेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्