कंगोमा डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु
काठमाडौं । उत्तरपश्चिमी प्रजातान्त्रिक गणतन्त्र कंगोको डुङ्गा डुब्दा कम्तीमा ५४ जनाको मृत्यु हुनुका साथै अन्य केही बेपत्ता भएका छन् ।
उत्तरी इक्वेटुर प्रान्तको तुम्बा तालमा बुधबार भएको उक्त दुर्घटनामा तीनवटा ठूला डुङ्गाहरू रहेका प्रान्तीय गृहमन्त्री क्रिस्पिन एमपुटु मोलियाले जानकारी दिए ।
उद्धारमा संलग्न स्थानीय बासिन्दा डियु मर्सी अकुलाले मृत्यु हुनेको सङ्ख्या ५४ पुगेको बताए । डुङ्गाले इकोको–बोङिन्डा गाउँमा अन्त्येष्टिका लागि एक महिलाको शव र २०० भन्दा बढी मलामी बोकेको थियो ।
प्रत्यक्षदर्शीहरूले अधिकारीहरूलाई डुङ्गाले एक्कासी ठूलो छालको सामना गर्नुपरेको र यसलाई चालकले थेग्न नसक्दा दुर्घटना भएको बताए ।
दुर्घटनाबारे अनुसन्धान शुरु गरेको उनीहरूले बताए। एमपुटुका अनुसार डुङ्गामा रहेका यात्रुको सूची थिएन, जसले गर्दा डुङ्गामा ओभरलोड थियो कि थिएन भन्न कठिन भएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #डुङ्गा डुब्दा
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्