आणविक सहमतिका लागि इरानलाई ट्रम्पको दबाब
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफूले राखेको आणविक निःशस्त्रीकरणको प्रस्तावलाई स्वीकार गर्न दबाब दिएका छन् ।
उनले आफूले इजरायललाई साथ दिने बताएका हुन । उनले इरानी नेतालाई वार्ताका लागि ६१ दिनको समय दिएको भए पनि ६१ दिन पुग्दा पनि बेवास्ता गरेको बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार धेरै पटक इजरायलका प्रधानमन्त्री बेन्जानिम नेतान्याहुसँग वार्ता गरेको सिएनएनले जनाएको छ ।
राष्ट्रपति ट्रम्पको दबाबसँगै मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफले इरानी नेतालाई भेट्नका लागि गरेको प्रयास जारी नै राखे ।
उनले इरानी नेतालाई वार्ताका लागि अन्तिम मौका दिएको बताउँदै यसलाई अटेर गरे दुखद अवस्था आउन सक्ने चेतावनी दिए ।
छैटौँ चरणको आणविक वार्ता आइतबार ओमनका गर्नका लागि तय गरिएको छ। राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा ठुलो विवाद हुन सक्ने चेतावनी दिएका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्