युक्रेनको सहयोग रोक्ने ट्रम्पको निर्णय
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग विवाद भएपछि अहिलेसम्म गर्दै आएको सहयोगमा रोक लगाउने निर्णय गरेका छन् । किभले वार्ताका लागि विश्वसनीय वातावरण नबनाएसम्म सम्पूर्ण सहयोग रोक्ने निर्णय भएको सोमबार ब्लुमबर्ग र फक्स न्युजको समाचारमा उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा जेलेन्स्कीले युद्ध चाहेको कुरा उल्लेख गरेको केही घण्टापछि सो निर्णय भएको जनाइएको छ । ट्रम्प प्रशासनलाई उद्धृत गर्दै फक्स न्युजले लेखेको छ, ‘यो अस्थायी निर्णय हो । वार्ताको वातावरण बनेमा सहयोग जारी रहन सक्छ ।’
खनिज सम्झौतामा लागि अमेरिकी राष्ट्रपति ट्रम्पसँग जेलेन्स्कीले गरेको वार्ता तनावपूर्ण ढंगले सकिएको थियो । त्यसपछि सहयोग माग्दै युरोप पुगेका जेलेन्स्कीकीले अमेरिकासँगको सम्बन्धलाई भने कायम राख्दै नयाँ सम्झौताका लागि आफू तयार रहेको बताउँदै आएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँग भेट गरेका थिए । स्टेइमर र जेलेन्स्कीको भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने विषयमा हस्ताक्षर भइसकेको छ । त्यसपछि बेलायती प्रधानमन्त्रीले हतियार खरिदका लागि युक्रेनलाई दुई अर्ब डलर सहयोगको घोषणा समेत गरिसकेका छन् । युरोपेली देशका शीर्ष नेताले बैठक गरेरै युक्रेनलाई साथ दिने निर्णयसमेत गरिसकेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #अमेरिकी राष्ट्रपति, #म्पले युक्रेनी राष्ट्रपति
ताजा खबर
- १तोकिएकै समयमा अधिवेशन नहुने कांग्रेसको निष्कर्ष, सक्रिय सदस्यता नटुंगिनु मुख्य कारण
- २बालेनसँग भेटेपछि बाबुरामः नयाँ र वैकल्पिक शक्तिलाई मेरो समर्थन रहन्छ
- ३दिनभर काठमाडौं महानगरका मेयर बालेनको सक्रियता,को को गए भेट्न ?
- ४प्रधानमन्त्रीको गुनासोः काम गर्दागर्दै फेन्ट हुने अवस्था छ, तैपनि अहिले छोेड् भोली छोड् भन्छन्
- ५आगामी चुनाव नलड्ने विश्वप्रकाश शर्माको घोषणा



तपाईको कमेन्ट लेख्नुहोस्