ट्रम्पको चुनावी अभियानमा इरानको साइबर आक्रमण
काठमाडौं । अमेरिकाको कट्टर विरोधी इरानले राष्ट्रपति पदको निर्वाचन अभियान ह्याक गरेको पुष्टि भएको छ । एक हप्ता अघि नै डोनाल्ड ट्रम्पका अभियन्ताले साइबर महला भएको बताएपनि सरकारी अधिकारीहरुबाट पुष्टि भएको थिएन । तर, अमेरिकाको संघीय अनुसन्धान व्युरो (एफबीआई) ले पनि त्यसको पुष्टि गरेको बीबीसीले जनाएको छ ।
एफबीआई र अन्य संघीय एजेन्सीहरुले संयुक्त विज्ञप्ति जारी गरेर भनेका छन्, ‘इरानले हाम्रो लोकतान्त्रिक संस्थानहरुमा मतभेद र अविश्वास सिर्जना गर्न अमेरिकी चुनावमा हस्तक्षेप गर्ने निर्णय गरेको छ ।’ यसै महिनाको सुरुवातमा ट्रम्पका अभियन्ताहरुले चुनाव प्रचार अभियानको वेबसाइट ह्याक गरेर गोप्य दस्तावेज लिक गर्ने र फैलाउने काममा इरानका व्यक्तिहरुको संलग्नता भएको आरोप लगाएका थिए । तर, इरानले त्यसको खण्डन गरेको थियो ।
विश्वको दिग्गज आईटी कम्पनी माइक्रोसफ्टले हप्ता दिन अगाडि अमेरिकी राष्ट्रपति निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले इरानले अनलाइन गतिविधिहरुमाथि तीव्रता दिएको सुनसनीपूर्ण खुलासा गरेको थियो । माइक्रोसफ्टले भनेको थियो– इमेल फिसिङ्ग मार्फत् राष्ट्रपति चुनावको प्रचार अभियानलाई निशाना बनाइँदैछ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्