तत्काल लेबनान छाड्न आफ्ना नागरिकलाई अमेरिका र बेलायतको आग्रह
काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई तत्काल लेबनान छाड्न भनेको छ । मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकहरूलाई जतिसक्दो चाँडो लेबनान छोड्न आग्रह गरेको हो ।
यसअघि बेलायतका विदेशमन्त्री डेभिड ल्यामीले पनि आफ्ना नागरिकलाई लेबनान छान्न भनेका थिए । उनले यस क्षेत्रको अवस्था तीव्र गतिमा बिग्रन सक्ने बताएका चेतावनी दिएका थिए ।
यता जोर्डनका विदेशमन्त्रीले पनि चेतावनी जारी गर्दै आफ्ना नागरिकहरूलाई तुरुन्त लेबनान छाड्न आग्रह गरेका छन् । तेहरानमा बुधबार हमास नेता इस्माइल हानियाको मृत्यु भएपछि इरानले इजरायलविरुद्ध बदला लिने बताएसँगै मध्यपूर्वमा तनाव बढ्ने सम्भावना बढेको हो । इजरायलले बेरुतमा हिजबुल्लाह कमाण्डर फुआद शुक्रलाई मारेको दाबी गरेको केही घण्टापछि हानियाको मृत्युको आएको थियो ।
यही घटनाक्रमको बीचमा आइतबार राति हिजबुल्लाहले उत्तरी इजरायलको बेइट हिलेल क्षेत्रमा धेरै रकेट प्रहार गरेको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा एयर डिफेन्स सिस्टमले क्षेप्यास्त्रलाई नष्ट गरेको देख्न सकिन्छ । रकेट प्रहारबाट भएका क्षतिबारे कुनै विवरण आएको छैन ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?
- २वैशाख ११ अर्थात् लोकतन्त्र दिवस
- ३दलित युवाको मृत्युः सिन्धुली प्रशासनअघि धर्नामा रास्वपा सांसद
- ४पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले लेखे– ‘रुल अफ ल’ र ‘रुल बाइ ल’ बीच तात्त्विक फरक छ
- ५सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब



तपाईको कमेन्ट लेख्नुहोस्