काठमाडौंमा पब्लिक स्पिच नेपाल २०८१ हुँदै
बाँके । पब्लिक स्पिच नेपाल २०८१ संघिय राजधानी काठमाण्डौंमा हुने भएको छ । युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्धेश्य राख्दै बास नेपाल नामक गैर सरकारी संस्थाले राष्ट्रब्यापी रुपमा प्रतियोगिता गर्न लागेको हो । यस अघ पब्लिक स्पिच बाँके र पब्लिक स्पिच कञ्चनपुरको २ ओटा सिजन सम्पन्न गरिसकेको बास नेपालले राष्ट्रिय स्तरको प्रतियोगिता पब्लिक स्पिच नेपाल २०८१ का लागि सहभागिता आव्हान गरेको छ । प्रतियोगिता तिन चरणमा गरिनेछ ।
पहिलो चरण अडिसन राउण्डका लागि सहभागिता जनाउन चाहने प्रतियोगिहरुले तोकिएको ढाँचामा आफ्नो सहभागिता दर्ता गर्नुपर्नेछ भने अडिसन राउण्डका लागि आफुले बोल्न चाहेको समसामयिक बिषयमा ३ देखि ५ मिनेटको भिडियो सामाग्री तयार गरी पठाउनु पर्नेछ । यसरी पठाएको सामाग्रीको आधारणमा निर्णायकले सेमिफाईनल राउण्डका लागि प्रतियोगि छनौट गरि संस्थाको आधिकारीक पेज र वेवसाईटबाट सार्वजनिक गरिनेछ ।
अडिसन राउण्डबाट छनौट भएका प्रतियोगिहरुले संघिय राजधानि काठमाण्डौंमा सेमिफाईनल राउण्डका लागि सहभागिता जनाउनेछन् भने सेमिफाईनलबाट फाईनल लागि छनौट भएका प्रतियोगिहरुको नतिजा घोषणा पश्चात दश दिनको लागि भोटिंग खुल्ला गरिनेछ । सेमि फाईनल र फाईनल राउण्डमा प्रतियोगिले आयोजकले दिएको बिषयमा आफ्नो बक्तव्य दिनुपर्नेछ भने फाईनलको मुल्यांकन भोटिंग र निर्णायकले दिएको नम्बरको आधारमा बिजेता घोषणा गरिनेछ ।
पब्लिक स्पिच नेपाल २०८१ मा प्रथम पुरस्कार नगद ५० हजार, द्धितीय पुरस्कार ३० हजार र तृतिय पुरस्कार २० हजार तोकिएको छ । राष्ट्रव्यापी प्रतियोगिताका लागि आयोजक संस्था बास नेपालले आवेदन आव्हान सँगै प्रतियोगितामा सहकार्य गर्ने संस्थाहरुलाई समेत जोडिन खुल्ला आव्हान गरेको संस्थाका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी दिए ।
सहभागि हुन चाहने ईच्छुक व्यक्तिहरुले २०८१ श्रावण ३० गते भित्र नाम दर्ता गर्नुपर्ने, नाम दर्ता गराएका सहभागीहरुले २०८१ श्रावण ३२ गते भित्र आफुले रोजेको समसामयिक सार्वजनिक सरोकारको बिषयमा आफ्नो भाषणको भिडियो आयोजक संस्थालाई उपलब्ध गराउनु पर्ने संस्थाले जनाएको छ । भिडियो सामाग्री ३ देखि ५ मिनेट सम्मको हुनुपर्नेछ जनाएको छ । आयोजकका अनुसार, अडिसन राउण्डको नतिजा भाद्र ५ गते बेलुका ५ बजे प्रकाशन गरिनेछ ।
सेमि फाईनल र फाईनल राउण्डको मिति, समय र स्थान केही दिनमा सार्वजनिक गरिनेछ । प्रतियोगितालाई भव्यताका साथ सफल पार्नका लागि संस्थाले तयारीका लागि जिम्मेवारी प्रदान गरेको छ । बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहलाई कार्यक्रम संयोजकको जिम्मेवारी दिईएकोछ भने जनसम्पर्क अधिकृत माधव कार्कीलाई प्रचार, प्रसार संयोजक, कार्यक्रम प्रबन्धक मन भण्डारीलाई आर्थिक संयोजक, अभिलेखिकरण अधिकृत रबिन्द्र बोहरालाई अभिलेखिकरण तथा व्यवस्थापन संयोजक र कार्यक्रम सहायक अशोक रावललाई समन्वय संयोजकको जिम्मेवारी दिइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, साहित्य
ट्याग : #पब्लिक स्पिच नेपाल, #सार्वजनिक भाषणकला
ताजा खबर
- १संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध
- २करका दर हेरफेरको विषयमा संसदीय छानविन गर्न राप्रपाको माग
- ३२ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की
- ४संसद अवरोध हटाउन प्रतिपक्ष दललाई मनाउने रवि लामिछानेको प्रयास
- ५मधेसकै बलमा सरकार बनाउने तर अधिकार नदिने षड्यन्त्र भएको सिके राउतको आरोप



तपाईको कमेन्ट लेख्नुहोस्