अल जजिरा टीभी बन्द गर्ने इजरायलको निर्णय
काठमाडौं । इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले कतार आधारित समाचार च्यानल अल जजिरा बन्द गर्ने निर्णय गरेका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले सर्वसम्मत निर्णय गरी इजरायलमा अल जजिरा बन्द गर्न लागेको जानकारी दिएका हुन् ।
सञ्चारमन्त्री स्लोमो कारहीले नेतान्याहुसँगको छुट्टै संयुक्त विज्ञप्तिमा इजराइलमा हमास पक्षधरहरूलाई वाक स्वतन्त्रता नहुने बताए । ‘अल जजिरा तुरुन्त बन्द गरिने छ र उपकरण जफत गरिनेछ।’
इजराइलको संसद्ले गत महिना भारी बहुमतले नयाँ राष्ट्रिय सुरक्षा कानून पारित गरेपछि आइतबार यो निर्णय आएको हो । उक्त कानूनले शीर्ष मन्त्रीहरूलाई राष्ट्रिय सुरक्षाका लागि खतरा मानिने विदेशी च्यानलहरूको प्रसारणमा प्रतिबन्ध लगाउन र तिनीहरूको कार्यालय बन्द गर्न अधिकार दिएको छ।
यसैबीच कतारमा आधारित सञ्जाल अल जजिराले आइतबार गाजा युद्धको कभरेजमा प्रसारणकर्तालाई सञ्चालन गर्नबाट प्रतिबन्ध लगाउने इजराइली सरकारको कदमलाई ‘आपराधिक’ भन्दै निन्दा गरेको छ। हामी सूचनासम्म पुग्ने मानवअधिकारको उल्लंन गर्ने इजराइलको यो आपराधिक कृत्यको निन्दा गर्दछौँ’, अल जजिराले सामाजिक सञ्जाल एक्समा अरबी भाषामा भनेको छ।
अक्टोबर ७ मा गाजामा युद्ध सुरु भएपछि अल जजिराले इजराइली अभियानको प्रभावको लगातार स्थलगत रिपोर्टिङ प्रसारण गरेको थियो। गाजामा युद्धका क्रममा अल जजिराको कार्यालयमा बमबारी हुँदा उसका दुई संवाददाता मारिएका थिए ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अल जजिरा टीभी
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्