नेपालले वेस्टइन्डिज ए सँग आज दोस्रो खेल खेल्दै
काठमाडौं । नेपालले दोस्रो टी–२० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ । खेल दिउँसो १२ः १५ मा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो । २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । कप्तान रोहित पौडेलले ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रन बनाएका थिए ।
पहिलो खेलको प्रदर्शनले टोलीको मनोबल उच्च छ । तर, रोहित बाहेक अन्य ब्याटरले राम्रो गर्न सकेका थिएनन् । सबै ब्याटरबाट नेपाल भूमिका अनुसार प्रदर्शन चाहन्छ । बलिङमा अभिनाश बोहराले लगातार योर्कर फाल्दै राम्रो प्रभाव छाडेका थिए । पहिलो खेलमा करण केसी र सोमपाल कामी दुवै थिएनन् ।
आज यी दुई मध्य एकलाई मौका दिनसक्छ । पहिलो खेलमा ३ ओभरमा ५३ रन खर्चेका कमलसिंह ऐरीलाई आज पनि नेपालले मौका दिनसक्छ । विश्वकप अघि उनलाई नेपालले हेर्नेछ । विवेक यादव भने लगातार खराब प्रदर्शन गर्दै आएका छन् । पहिलो खेलमा ७ रनमा आउट भएका थिए । विवेकको स्थानमा आज लोकेश बमलाई मौका दिनसक्ने सम्भावना छ ।
पहिलो खेलमा शून्यमा आउट भएका जोनसन चार्ल्सको विकेट समयमै लिन आवश्यक छ । दुई पटक टी-२० विश्वकप विजेताका सदस्य चार्ल्स वेस्टइन्डिजका पहिलो रोजाइका ओपनर हुन् । उनी चलेको खण्डमा नेपालको जित टाढा हुनसक्छ । अर्का विकेटकिपर आन्द्रे फ्लेचर १३ रनमा रन आउट भएका थिए ।
पहिलो खेलमा हारपछि फबिएन एलेनले मौका पाउने सम्भावना बलियो छ । उनी स्पिन अलराउन्डर हुन् । लेग स्पिनर हेडन वाल्श जुनियरलाई पनि खेलाउन सक्छ । प्रमुख बलर ओबेद म्याककोय, ओशान थोमस र किमो पलबाट वेस्टइन्डिज राम्रो बलिङ चाहन्छ । तेस्रो खेल बुधबार, चौथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।
क्याटेगोरी : खेलकुद, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्