नेपालसँग टी–२० क्रिकेट सिरिजमा खेल्ने वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्ट इन्डिजले टोली घोषणा गरेको छ । अप्रिल २५ देखि सुरु हुन लागेको सिरिजका लागि वेस्ट इन्डिजको ‘ए’ टिमले नेपालको भ्रमण गर्न लागेको हो ।
आईसीसी टी २० विश्वकपको तयारीमा रहेका दुवै टिमलाई यो सिरिजले महत्त्वपूर्ण फाइदा पुग्ने विश्वास गरिएको छ । वेस्ट इन्डिजले नेपालविरुद्धका सिरिजका लागि अनुभवी खेलाडीहरूलाई मौका दिएको छ ।
कप्तानको रूपमा अनुभवी रोस्टन चेस रहेका छन् भने उप–कप्तानको जिम्मेवारीमा एलिक एथानाजे रहेका छन् । रोस्टन चेसले ए टिमको पहिलो पटक कप्तानको जिम्मेवारी सम्हाल्नेछन् । चेसले सन् २०२१ मा टी २० आइमा डेब्यु गरेका थिए । बंगलादेशविरुद्धको खेल उत्कृष्ट रहेको थियो ।
टोलीमा को–को छन् ?
रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उप–कप्तान), फेबियन एलेन, कादिम एलीने, जोशुआ बिशप,
केसी कार्टी, जोनसन चाल्र्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याकवे, गुडाकेश मोती,
किमो पल, ओशाने थोमस, हेडेन वाल्स, कोचिङ स्टाफ,
मुख्य प्रशिक्षकः फ्लोयड रेफर
सहायक कोचः रेयन ग्रिफिथ
फिजियोथेरापिस्टः नील ब्यारी
शक्ति र कन्डिसन कोचः शेन कूपर
टोली प्रबन्धक र विश्लेषकः अवनेश सीताराम
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, समाचार
ताजा खबर
- १निजामती कर्मचारीले सामाजिक सञ्जालबाट दल र नेताको पक्ष विपक्षमा टिप्पणी गर्न नपाउने
- २स्पेनमा ओली–सान्चेज वार्ताः नेपालमा दूतावास खोल्न अनुरोध
- ३९ महिनापछि कांग्रेस केन्द्रीय समिति बैठक, यस्ता छन् एजेण्डा
- ४दलीय सहमति कायम गर्दै संसदको गरिमा उच्च राख्नुपर्छः सभामुख घिमिरे
- ५थाई प्रधानमन्त्रीको राजीनामा माग्दै हजारौँ सर्वसाधारण सडकमा
तपाईको कमेन्ट लेख्नुहोस्