चीनको हेबेई प्रान्तमा विस्फोट हुँदा १ जनाको मृत्यु, कयौँ घाइते
काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको लाङफाङमा बुधबार बिहान विस्फोट भएको छ । यस घटनाको भिडियो चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा शेयर गरेको छ ।
भिडियोमा धुवाँको ठुलो मुस्लो देखिएको थियो । धेरै सवारी साधनमा क्षति पुगेको र मलबे सडकमा फैलिएको देखिन्छ । ग्लोबल टाइम्सका अनुसार यो विस्फोट एक रेस्टुरेन्टमा भएको हो । यो रेस्टुरेन्ट एक आवासीय भवनको भुईं तल्लामा थियो।
घटनामा १ जनाको मृत्यु भएको र कम्तीमा २२ जना घाइते भएको ग्लोबल टाइम्सले जानकारी दिएको छ । विस्फोटमा घाइते भएकाहरुलाई अस्पताल पठाइएको छ ।
ग्यास सिलिन्डर पड्किएर विष्फोट भएको अनुमान गरिएको छ । चीनको सरकारी न्यूज च्यानलले पनि यस दुर्घटनाको भिडियो सार्वजनिक गरेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १युद्धको भिडियो र फोटो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ, कडा कारबाही र डिपोर्ट हुनसक्ने परराष्ट्रको चेतावनी
- २सेवा प्रवाह प्रभावकारी बनाउन काठमाडौं प्रशासनमा ‘सार्वजनिक सम्बोधन प्रणाली’ लागू
- ३नयाँ जनादेशले देशलाई स्थायित्व, विकास र समृद्धितर्फ अघि बढाउने आशा जगायो : प्रधानमन्त्री
- ४पैसाको सदुपयोग गर्न जान्नुपर्छ– गभर्नर
- ५ड्रोन आक्रमणपछि दुबई विमानस्थल अस्थायीरुपमा बन्द



तपाईको कमेन्ट लेख्नुहोस्