सकियो भुमि अनुसन्धान तथा नीति सम्वाद लागि सहकार्यको कृषि बीमा गोष्ठी
काठमाडौं । भुमि अनुसन्धान तथा नीति सम्वाद लागि सहकार्यको अयोजनामा कृषि बीमा गोष्ठी गरिएको छ । परम्परागत ढाँचाको कृषि बीमामा देखिएका बिभिन्न कमजोरीका कारण अन्य देशमा सूचकाङ्कमा आधारित कृषि बीमाको विकास र लोकप्रियता बिस्तारै बढ्दै गईरहेको सन्दर्भमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले भूमी अनुसन्धान तथा नीति संम्वादका लागि सहकार्यको प्राबिधिक सहयोगमा बाढी सूचकाङ्कका आधारमा सामुहिक धान बाली बीमा सुदुर पश्चिम प्रदेश, कैलाली जिल्ला, भजनी नगरपालिकामा संचालन गरेको छ ।
सो सफल परिक्षण पश्चात यस्ता बीमा लेखहरुलाई standardized गर्ने र अन्य क्षेत्रमा पनि विस्तार गर्ने विषय लगायत सुचकान्क अधारित बाढी बीमालेख लाई कृषि ऋण, बीउबिजनमा जोडेर स्वतह बीमा हुने विषयमा छलफल भएको थियो। कृषि तथा पशुपक्षि मन्त्रालय , बिमा कम्पनि , विमा प्राधिकरण , नेपाल कृषि अनुसन्धान परिषद लगायत थुप्रै कृषि क्षेत्रका गैर सरकारी संस्थाका प्रतिनिधिहरु तथा किसान प्रतिनिधी बिच छलफल भएको हो ।
USAID Tayar Nepal को Improved Disaster Risk Management Project अन्तर्गतको आर्थिक सहयोगमा संचालन भई सो परियोजनाको उद्देश्य अनुसार सूचकाङ्कमा आधारित कृषि बीमालाई सरल, सस्तो र नवीन वित्तीय रणनितीको रूपमा विकास गरि साना किसानहरूलाई बाढीबाट धानबालीमा नोक्सानी भएमा बीमा कम्पनी मार्फत उचित क्षतिपूर्ति प्राप्त हुने व्यवस्था गरिएको थियो ।
भुमि अनुसन्धान तथा नीति सम्वाद लागि सहकार्यका कार्यकारी निर्देशक धनेज थापाका अनुसार नेपालमा सूचकांकमा आधारित बाली बीमा साना किसानको लागि एकदम उपयोगी हुने र किसानहरुमा आकर्षणको रहेने सम्भावना रहेको जानकारी दिए । यसलाई सरकारी तवरवाट भारतमा जसरी प्रधानमन्त्री फसल बीमा योजना जसरी प्राथमिकतासात संचांलनमा ल्याएर लाखौको किसान को जोखिम न्यूनीकरण जोड दिनु पर्ने उनको भनाई छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्