प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार फ्रान्सको दुई दिने भ्रमण निस्केका छन् । फ्रान्सको राष्ट्रिय दिवस अर्थात् बस्टाइल डेका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुन उनी फ्रान्स प्रस्थान गर्न लागेका हुन् । उनको यो भ्रमण फ्रान्ससँग सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने बताइएको छ ।
कुनै समय अमेरिका भ्रमणमा प्रतिबन्ध लगाइएका ७० वर्षीय मोदीलाई अमेरिकी राष्ट्रपति जो बाइडेनले हालै ह्वाइट हाउसमा राजकीय भोजसहितको उच्च सम्मान दिएका थिए । त्यसलगत्तै हुन लागेको मोदीको फ्रान्स भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । यो भ्रमणमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले मोदीलाई स्वागत गरेसँगै नयाँ दिल्ली र पेरिसबीच नयाँ रक्षा सम्झौताबारे छलफल हुने अपेक्षा गरिएको छ ।
भारत फ्रान्सेली हतियारको सबैभन्दा ठूलो खरिदकर्तामध्ये एक हो । प्रधानमन्त्री मोदीले सन् २०१५ मा पेरिस भ्रमणका क्रममा चार अर्ब २५ करोड अमेरिकी डलर बराबरका ३६ वटा राफेल लडाकु विमानका लागि ऐतिहासिक सम्झौताको घोषणा गरेका थिए । यो भ्रमणमा पनि उनले अत्याधुनिक विमानका साथै तीन स्कर्पेन क्लास पनडुब्बीका लागि सम्झौताको तयारी गरेको भारतको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- २सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ३प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’
- ४रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- ५सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि



तपाईको कमेन्ट लेख्नुहोस्